Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

पाेखरिया र बारागढीमा भएकाे कार्यक्रममा १२३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साको पोखरियामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल रेडक्रस साेसाइटी पाेखरिया उप शाखामा भएकाे कार्यक्रममा ८३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झाले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी पोखरिया उप शाखाका सभापति भगवान प्रसाद कुर्मीको सभापतित्वमा भएकाे कार्यक्रममा अनिल गिरी, जनार्धन गिरी, रामाकान्त महताे, बृजेश साह, प्रभेन्द्र प्रसाद थारु, प्रभात पटेल, हरिकिशाेर प्रसाद चाैहान, अजय कुमार यादव, अजय महताे नुनिया, रमेन्द्र ठाकुर, आदित्य कुमार गुप्ता, अनिल यादव, दुर्गा बहादुर कार्की, सुमन प्रसाद ब्राहमण, अमित चाैहान, बिरेन्द्र साह लगायतकाले रक्तदान गरेका थिए ।

पोखरिया नगरपालिका, पाेखरिया अस्पताल, नेपाल रेडक्रस सोसाइटी पोखरिया उप शाखा, इलाका प्रहरी कार्यालय पाेखरिया, सशस्त्र प्रहरी बल पोखरिया र नेपाल बिधुत प्राधिकरण वितरण केन्द्रकाे संयुक्त आयाेजनामा रक्तदान कार्यक्रम भएकाे थियाे । 

कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरी, पोखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार, नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यक्रम प्रमुख उदयराज शर्मा, जिल्ला सदस्य दयाशंकर सिँह, ललन द्विवेदी, हिमान्चल साह, शैलेन्द्र मिश्रा, डा. अनिल यादव लगायतको सहभागिता रहेको थियोे ।   

 बारागढीमा २ महिलासहित ४० जनाद्वारा रक्तदान 

बाराकाे बारागढी गाउँपालिकामा पनि शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बारागढी गाउँ कार्यपालिकाकाे कार्यालयमा भएकाे कार्यक्रममा २ महिलासहित ४० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए । 

बारागढी गाउँपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बारागढी उपशाखा र बारागढी युवा क्लब खोपवाको आयोजनामा रक्तदान कार्यक्रम भएको थियाे ।

रक्त सञ्चार केन्द्रकाे प्राविधिक सहयोगमा भएकाे कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बारागढी उपशाखाका सभापति माधव प्रसाद उपाध्याय गौतम, डा.आमोदमणि दिक्षित, सुशिलराज गौतम, बारागढी युवा क्लब खोपवाका अध्यक्ष उपेन्द्र चौधरी, मुकेश चौधरी, बारागढी गाउँपालिका अध्यक्ष देवदत्त बछार थारु, उपाध्यक्ष लक्ष्मीदेवी राय, प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, वडाध्यक्ष मनेजर चौधरीलगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा...

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...