Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

सुरक्षित सिकाई प्रबर्धनकाे लागि स्थानिय सरोकारवालाहरुसंग संवाद

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा बिहिबार सुरक्षित सिकाई प्रबर्धनकाे लागि स्थानिय सरोकारवालाहरुसंगको संवाद कार्यक्रम सम्पन्न भएको छ ।

श्री सुकई साह माध्यमिक विद्यालय भेडिहारीमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले विद्यालयमा सुरक्षित सिकाईको बाताबरण बनाउन गाउँपालिकाले पहल गर्नु पर्ने वताए । यसका साथै गाउँपालिकाले विद्यालय कक्षा काेठाकाे अभाव रहेकाेले भौतिक संरचना निर्माणको लागि योजना बनाउनु पर्ने वताए थिए ।

विद्यालयको एउटा कक्षामा ८० जनादेखी २०० जना सम्म विद्यार्थी रहे पनि कक्षा कोठाको अभाव रहेकोले गाउँपालिकाले कक्षा काेठा निर्माण गर्नु पर्ने  वक्ताहरुकाे भनाई थियाे ।

गाउँपालिकाले शिक्षा क्षेत्रको बजेट बढाएर भए पनि विद्यालयको भौतिक संरना निर्माण गरी सुरक्षित र गुणस्तरिय शिक्षा पर्दान गर्नु पर्ने वक्ताहरुको सुझाव थियो ।

भिएसो नेपालको सहयोग र आसमान नेपालको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा, उपाध्यक्ष राजेश चौरसिया, प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह, ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद चौरसिया, गाउँपालिकाको प्रशासन शाखा प्रमुख राजु अधिकारी, शिक्षा शाखा प्रमुख हिमान्सु भट, स्वास्थ्य सह संयोजक महेन्द्र चौरसिया लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...