Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर र सगरमाथा मावि विजयी

spot_img
spot_img

वीरगन्ज । वीरगंजमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् । आदर्शनगरस्थित रंगशालामा बुधबार भएको गोल्डेन फ्युचर र सोलकपुर मावि बीचको पहिलो खेलमा गोल्डेन फ्युचर ३४ रनले विजयी भएको हो ।

पहिलो टस जितेर व्याटिङ रोजेको सगरमाथाले २० ओभर खेलमा १६ ओभर १ बलमा अलआउट हुदै ७२ रन बनाएको थियो । जवाफमा गौतम माविले १५.६ ओभरमा सबै विकेट गुमाएर ५९ रनमा समेटिएकाे थियाे ।

टस जितेर दाेस्राे व्याटिङ गरेको गोल्डेन फ्युचरले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । १८० रनको लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको सोलकपुरले १८ ओभर ५ बल मै अलआउट भएर ८९ रन मात्रै बनाएकाे थियाे ।

त्यस्तै गौतम मावि र सगरमाथा माविबीच भएको दोश्रो खेलमा सगरमाथा मावि १३ रनले विजयी भएको छ ।

पहिलो खेलको म्यान अफ द म्याच रितिक भूषण र दोश्रो खेलको म्यान अफ दी म्याच गौतम माविका हिमांशु गुप्ता घोषित भएको वीरगन्ज महानगरपालिकाका खेलकुद निर्देशक प्रकाश शर्माले जानकार दिए ।

क्रिकेट लिग प्रतियाेगिताकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...