Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बहुदरमाईबाट एक लाख ७६ हजारसहित जुवा खेल्ने ३ जना पक्राउ, दर्जनौ फरार

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. १ बिश्रामपुरबाट जुवा खेलिरहेको जनलाई प्रहरीले पक्राउ गरेको छ । बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेका बहुदरमाई नगरपालिका वडा नं. ९ बिश्रामपुर निवासी ४० बर्षिय गुरदेली साह, बाराको कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी ५२ वर्षिय जंगबहादुर साह र कलैया उपमहानगरपालिकाकै वडा नं. १४ निवासी ४० बर्षिय राजेश मेहतालाई प्रहरीले मंगलबार दिउसो ४ बजे पक्राउ गरेको हो ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खेटेको टोलीले जुवा खेलिरहेको स्थल बाँसघारीलाई घेरा हाल्ने क्रममा प्रहरी टोलीलाई देख्न साथ जुवा खेलाउने रबिन्द्र महत्तो कोईरी समेतका १५÷१७ जना जुवाडेहरु भागी फरार भएको र उक्त जुवा खालबाट एक लाख ७६ हजार ४ सय १५ नगद सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए । उनले जुवा खेलाउने र खेल्ने व्यक्तिहरुको पहिचान भैसकेको हुँदा निजहरुर्को खोजी कार्य पनि भईरहेको जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...