Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

बहुदरमाईबाट एक लाख ७६ हजारसहित जुवा खेल्ने ३ जना पक्राउ, दर्जनौ फरार

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. १ बिश्रामपुरबाट जुवा खेलिरहेको जनलाई प्रहरीले पक्राउ गरेको छ । बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेका बहुदरमाई नगरपालिका वडा नं. ९ बिश्रामपुर निवासी ४० बर्षिय गुरदेली साह, बाराको कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी ५२ वर्षिय जंगबहादुर साह र कलैया उपमहानगरपालिकाकै वडा नं. १४ निवासी ४० बर्षिय राजेश मेहतालाई प्रहरीले मंगलबार दिउसो ४ बजे पक्राउ गरेको हो ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खेटेको टोलीले जुवा खेलिरहेको स्थल बाँसघारीलाई घेरा हाल्ने क्रममा प्रहरी टोलीलाई देख्न साथ जुवा खेलाउने रबिन्द्र महत्तो कोईरी समेतका १५÷१७ जना जुवाडेहरु भागी फरार भएको र उक्त जुवा खालबाट एक लाख ७६ हजार ४ सय १५ नगद सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए । उनले जुवा खेलाउने र खेल्ने व्यक्तिहरुको पहिचान भैसकेको हुँदा निजहरुर्को खोजी कार्य पनि भईरहेको जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...