Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

जुत्तामा चरस राखेर कारागार पुगेका युवक पक्राउ

spot_img
spot_img

वीरगञ्ज  ।  पुर्पक्षका लागि थुनामा रहेका भाईलाई जुत्तामा लुकाएर चरेश दिने क्रममा पर्सा प्रहरीले दाईलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर १ निवासी २२ वर्षीय मिङ्मा शेर्पा रहेका छन् ।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि वीरगञ्जस्थित कारागारमा रहेका भाई लाक्पा शेर्पालाई भेट्न आएका दाई मिङ्मा शेर्पाले जुत्ताको तलुवा भित्र लुकाएर ल्याएको चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बिहान साढे १० बजे तिर भाईलाई भेट्न वीरगञ्ज कारागार पुगेका मिङ्मालाई कारागारमा खटिएका प्रहरीले चेकजाँच गर्न क्रममा उनले कालो झोलामा राखिएको स्पोर्ट्स जुत्ताको तलुवामा अन्दाजी १० ग्राम जति चरेशको धुलो लुकाएर राखिएको पाएको थियो ।

प्रहरीले मिङ्मालाई पक्राउ गरि लागूऔषध मुद्दा चलाएर थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...