Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

जुत्तामा चरस राखेर कारागार पुगेका युवक पक्राउ

spot_img
spot_img

वीरगञ्ज  ।  पुर्पक्षका लागि थुनामा रहेका भाईलाई जुत्तामा लुकाएर चरेश दिने क्रममा पर्सा प्रहरीले दाईलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर १ निवासी २२ वर्षीय मिङ्मा शेर्पा रहेका छन् ।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि वीरगञ्जस्थित कारागारमा रहेका भाई लाक्पा शेर्पालाई भेट्न आएका दाई मिङ्मा शेर्पाले जुत्ताको तलुवा भित्र लुकाएर ल्याएको चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बिहान साढे १० बजे तिर भाईलाई भेट्न वीरगञ्ज कारागार पुगेका मिङ्मालाई कारागारमा खटिएका प्रहरीले चेकजाँच गर्न क्रममा उनले कालो झोलामा राखिएको स्पोर्ट्स जुत्ताको तलुवामा अन्दाजी १० ग्राम जति चरेशको धुलो लुकाएर राखिएको पाएको थियो ।

प्रहरीले मिङ्मालाई पक्राउ गरि लागूऔषध मुद्दा चलाएर थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...