Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

बहुदरमाई नगरपालिकाद्वारा एमबिबिएस अध्ययनरत दुई विधार्थीलाई सहयोग

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगर पालिकाले एमबिबिएस अध्ययनरत दुई विधार्थीलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाको वडा नं.८ रामनगरीका मुक्ति राम र वडा नं. २ बैरिया बिर्ता दापुका विवेक कुमार साहलाई सहयोग गरेको हो ।

भैरहवा मेडिकल क्लेजमा अध्ययनरत मुक्ति रामलाई १ लाख ९७ हजार ८ सय ५० र काठमान्डौं मेडिकल क्लेजमा अध्ययनरत विवेक कुमार साहलाई ५६ हजार एक सय ९४ रुपैया नगरपालिकाले सहयोग गरेको लेखापाल हरि राउत कुर्मीले बताए ।

सहयोग रकमको चेक नगर प्रमुख नितेन्द्र साहले मंगलबार मुक्ति रामकी आमा लालमुनि रामलाई र विविके कुमार साहको बुवा गम्भिरा साहलाई हस्तानान्तरण गरेका थिए ।

चेक हस्तानान्तरण गर्दै मेयर साहले शिक्षा विकास क्षेत्र कार्यक्रम अन्तर्गत दुबै विधार्थीहरुलाई प्रोतोसाहन स्वरुप सहयोग गरिएको बताए । उनले नेपाल सरकारको पूर्ण छात्रबृतिमा एमबिबिएस अध्ययनरत विधार्थीहरुलाई खाना र आवास खर्चको लागि सहयोग गरिएको बताए ।

यस अघिदेखी नै नगरपालिकाले दुबै जनालाई सहयोग गर्दै आएको नगरप्रमुख साहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...