Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बहुदरमाई नगरपालिकाद्वारा एमबिबिएस अध्ययनरत दुई विधार्थीलाई सहयोग

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगर पालिकाले एमबिबिएस अध्ययनरत दुई विधार्थीलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाको वडा नं.८ रामनगरीका मुक्ति राम र वडा नं. २ बैरिया बिर्ता दापुका विवेक कुमार साहलाई सहयोग गरेको हो ।

भैरहवा मेडिकल क्लेजमा अध्ययनरत मुक्ति रामलाई १ लाख ९७ हजार ८ सय ५० र काठमान्डौं मेडिकल क्लेजमा अध्ययनरत विवेक कुमार साहलाई ५६ हजार एक सय ९४ रुपैया नगरपालिकाले सहयोग गरेको लेखापाल हरि राउत कुर्मीले बताए ।

सहयोग रकमको चेक नगर प्रमुख नितेन्द्र साहले मंगलबार मुक्ति रामकी आमा लालमुनि रामलाई र विविके कुमार साहको बुवा गम्भिरा साहलाई हस्तानान्तरण गरेका थिए ।

चेक हस्तानान्तरण गर्दै मेयर साहले शिक्षा विकास क्षेत्र कार्यक्रम अन्तर्गत दुबै विधार्थीहरुलाई प्रोतोसाहन स्वरुप सहयोग गरिएको बताए । उनले नेपाल सरकारको पूर्ण छात्रबृतिमा एमबिबिएस अध्ययनरत विधार्थीहरुलाई खाना र आवास खर्चको लागि सहयोग गरिएको बताए ।

यस अघिदेखी नै नगरपालिकाले दुबै जनालाई सहयोग गर्दै आएको नगरप्रमुख साहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...