Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

 स्टिलको निर्माणधीन उद्योगमा बिस्पोट

spot_img
spot_img

वीरगञ्ज । पर्सामा निर्माणधीन एक उद्योगमा गएराति बिस्पोट भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ को बहुअर्वाभट्टास्थत निर्माणधीन रहेको हुलास स्टिल एण्ड ईण्ड्रिस्टिज प्रालि उद्योगको भवनमा गएरति बिस्पोट भएको हो । बिस्पोटबाट उद्योगमा रहेको एउटा कोठाको झ्यालका शिसाहरु फुटेका छन् भने पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनाल अनुसार सोमबार राति १० बजेको करिबमा निर्माणधीन उद्योगबाट बिस्पोटको चर्को आवाज आएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुग्दा निर्माणधीन उद्योगमा रहेको एउटा कोठाको झ्यालका शिसाहरु फुटेका थिए भने एउटा पर्खालमा सामान्य क्षतिसमेत पुगेको थियो । स्थानीयहरुले उद्योगमा प्रेसर कुकर बम बिस्पोट भएको बताएका छन् ।

प्रहरीले भने अनुसन्धान चलिरहेको कारण अहिले सम्पूर्ण जानकारी उपलब्ध गराउन नसकिने बताएको छ । ’अहिले अनुसन्धान गर्ने क्रममा छौँ, विज्ञहरुको टोलीपनि पुगेर सुक्ष्म तरिकाले अनुसन्धान गर्न पुगेको छ । बमनै बिस्पोट भएको हो भनेर अहिले भन्न सकिंदैन,’ डीएसपी खनालले भने, ’विज्ञ टोली फर्केपछि मात्र केहि भन्न सकिन्छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...