Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

 स्टिलको निर्माणधीन उद्योगमा बिस्पोट

spot_img
spot_img

वीरगञ्ज । पर्सामा निर्माणधीन एक उद्योगमा गएराति बिस्पोट भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ को बहुअर्वाभट्टास्थत निर्माणधीन रहेको हुलास स्टिल एण्ड ईण्ड्रिस्टिज प्रालि उद्योगको भवनमा गएरति बिस्पोट भएको हो । बिस्पोटबाट उद्योगमा रहेको एउटा कोठाको झ्यालका शिसाहरु फुटेका छन् भने पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनाल अनुसार सोमबार राति १० बजेको करिबमा निर्माणधीन उद्योगबाट बिस्पोटको चर्को आवाज आएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुग्दा निर्माणधीन उद्योगमा रहेको एउटा कोठाको झ्यालका शिसाहरु फुटेका थिए भने एउटा पर्खालमा सामान्य क्षतिसमेत पुगेको थियो । स्थानीयहरुले उद्योगमा प्रेसर कुकर बम बिस्पोट भएको बताएका छन् ।

प्रहरीले भने अनुसन्धान चलिरहेको कारण अहिले सम्पूर्ण जानकारी उपलब्ध गराउन नसकिने बताएको छ । ’अहिले अनुसन्धान गर्ने क्रममा छौँ, विज्ञहरुको टोलीपनि पुगेर सुक्ष्म तरिकाले अनुसन्धान गर्न पुगेको छ । बमनै बिस्पोट भएको हो भनेर अहिले भन्न सकिंदैन,’ डीएसपी खनालले भने, ’विज्ञ टोली फर्केपछि मात्र केहि भन्न सकिन्छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...