Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

हुण्डीको ३ लाख रकमसहित एक भारतीय पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको ३ लाख १२ हजार रुपैयासहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा न. १६ रजतजयन्ची चोकमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट नेपालतर्फ बिआर २२ एआर ३६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा आउँदै गरेका पुर्वी चम्पारण मोतिहारी थाना सुगौली बस्ने २५ वर्षिय सोनु साहलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध हुण्डीको कारोवार भइरहेको सुचनाको आधारमा शंका लागी चेकजाँच गर्दा स्रोत नखुलेको ५ हजार २ सय भारतीय रुपैया र ३ लाख १२ हजार नेपाली रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिरिक्षक एवम् प्रबक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका साहविरुद्ध बैंक तथा वित्तिय ऐन २०७३ सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशमा ५ दिनको म्यान थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता खनालले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...