Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

हुण्डीको ३ लाख रकमसहित एक भारतीय पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको ३ लाख १२ हजार रुपैयासहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा न. १६ रजतजयन्ची चोकमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट नेपालतर्फ बिआर २२ एआर ३६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा आउँदै गरेका पुर्वी चम्पारण मोतिहारी थाना सुगौली बस्ने २५ वर्षिय सोनु साहलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध हुण्डीको कारोवार भइरहेको सुचनाको आधारमा शंका लागी चेकजाँच गर्दा स्रोत नखुलेको ५ हजार २ सय भारतीय रुपैया र ३ लाख १२ हजार नेपाली रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिरिक्षक एवम् प्रबक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका साहविरुद्ध बैंक तथा वित्तिय ऐन २०७३ सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशमा ५ दिनको म्यान थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता खनालले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...