Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

अवैध लागुऔषध सहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगञ्ज। पर्साको पर्सागढी नागरपालिकाबाट अवैध लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका वडा नं. ९ बाट २ किलो लागुऔषध गाँजासहित मकवानपुरका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नं. ८ निवासी १८ वर्षिय सुकराम तामाङ्ग र १९ वर्षिय अस्मिता तामाङ्ग रहेको प्रहरीले जनाएकोे छ । विशेष सुचनाका आधारमा खटीएको प्रहरीको टोलिले पर्सागढीको बडेर्वाबाट एकटांगा जाने कच्ची सडकमा चेकजाँच गर्दा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आर्थिक प्रलोभन दिई गाँजा ल्याउन लगाउनेको पहिचान भइसकेको र खोजीकार्य भईरहेको प्रहरी कार्यालउय पर्साले जनाएकोे छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...