Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

अवैध लागुऔषध सहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगञ्ज। पर्साको पर्सागढी नागरपालिकाबाट अवैध लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका वडा नं. ९ बाट २ किलो लागुऔषध गाँजासहित मकवानपुरका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नं. ८ निवासी १८ वर्षिय सुकराम तामाङ्ग र १९ वर्षिय अस्मिता तामाङ्ग रहेको प्रहरीले जनाएकोे छ । विशेष सुचनाका आधारमा खटीएको प्रहरीको टोलिले पर्सागढीको बडेर्वाबाट एकटांगा जाने कच्ची सडकमा चेकजाँच गर्दा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आर्थिक प्रलोभन दिई गाँजा ल्याउन लगाउनेको पहिचान भइसकेको र खोजीकार्य भईरहेको प्रहरी कार्यालउय पर्साले जनाएकोे छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...