Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

पर्साकाे यस्ताे गाउँ, जहाँ सिटामोल किन्न पनि १२ किलोमिटर जानु पर्ने

spot_img
spot_img

जिराभवानी । पर्सा जिल्लाका यस्ता ठाउँ जहाका स्थानिय बासिन्दाहरुलाई समान्य औषधी सिटामोल लिनलाई पनि १२ किलाेमिटर पैदल हिड्नु पर्दछ । त्यो गाउँ पर्सा कै ठोरी गाउँपालीका वडा नम्बर ३ को सिकारी बाँस गाउँ हो ।

जिल्लाकाे सदरमुकाम वीरगंजबाट करीब ६५ किलोमीटर टाढा र वीरगंज ठोरी सडकखण्डबाट ६ किलाेमिटर जंगलभित्र पर्सा राष्ट्रीय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको दोसाधमा यो गाउँ अवस्तिथ रहेकाे छ ।

यस गाउँमा ४५ घरधुरी आदिबासी जनजाति थारु समुदायको बसोबास रहेकाे छ । सो गाउँका स्थानिय बासिन्दाहरु राज्यबाट पाउने स्वास्थ्य सेवाबाट अहिलेसम्म बञ्चित रहेकाे गुनासो गरेका छन् ।

स्थानिय राजिन्द्र चौधरीका अनुसार ज्वरो, रुघाखोकी, झाडापखाला जस्ता समान्य रोगका औषधी लिन १२ किलो मिटर टाढा रहेका स्वास्थ्य चौकी बिजयबस्ती पुग्नु पर्ने वाध्यता रहेकाे वताए । बाटोघाटोको सुबिधा नभएका कारण पैदल गई औषधी ल्याउनलाई आधा दिन लाग्ने गरेकाे र त्यती समयावधीमा बिरामीकाे अवस्था झनै बिग्रिने गरेको चौधरीको भनाई छ ।

कहिलेकाँहि बिरामीको अवस्था नाजुक भएका बेला ढोडसंगबाट (बासमा कपडा बाधी कपडामा बिरामी राखी दुइ तिरबाट बोकेर लैजाने साधन) स्थास्थ्य चौकीसम्म लगने गरेका सोना देवी थरुनीले बताईन । 

उनका अनुसार गर्भवती महिलालाई सुत्केरी गराउन दिउँसो भए स्वास्थ्य संस्थामा लैजान प्रयास गरीएपनि रातीकाे बेला भगवान भरोसा छोडीदिने गरेका छन् । सुत्केरी गराउँदा आमा र बच्चा सकुशल भए हाम्रो अंश र मृत्यु भए भगवानको अंश रहेका कुरा स्वीकार्दै एक आपसमा दु:ख बाड्ने गरेकाे फेकनी देवी थरुनीले बताउँछिन् ।

त्यसैगरी स साना बालबालिकाहरुलाई मासिक लगाईने खोपबाट कतिपय बालबालिकाहरु बन्चित हुँदै आएकाे थरुनीले बताईन ।

जनताको हक अधिकार सुनिश्चित गर्ने भनेर कतिपय जन आन्दोलनबाट गाउँ घरमा सिंहदरबार आएपनि यहाँका जनताकाे  स्वास्थ्य सम्बन्धी अधिकार कसले र कहिले देलान ? प्रशन स्थानीय हुलासी चौधरीले गरिन । उनि भन्छिन् “चुनाव आए दिनदिनै विभिन्न पार्टीहरूका नेता कार्यकर्ता हाम्रो गाउँमा आउँछन्, विभिन्न लोभ प्रलोभन देखएर भोट मागछन् तर नेताहरु जितेर बिकासको कुरा के गराैं मुख देखाउन पनी आउदैनन् ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...