Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सागढीमा सामुदायिक भवनकाे शिलान्यास

spot_img
spot_img

पर्सागढी । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. २ टोल झोगडमा झोगड थारू भडौरामाई समुदायिक भवनको शिलान्यास गरिएकाे छ । सामुदायिक भवनकाे शिलान्यास आइतबार एक कार्यक्रमकाे बिच नगर उप प्रमुख अर्चना चाैधरीले गरेकी थिइन ।

भवन शिलान्यास गर्दै उप प्रमुख चाैधरीले गाउँघरमा वैवाहिक कार्यक्रम वा समुदायमा भैरहेको गतीविधी बारे छलफल गर्न भवन निर्माण भएपछि सजिलाे हुने वताइन ।

उनले भनिन्  “मान्छेहरू खुला ठाउँ वा बाटोको छेउमा उभेर छलफल गर्ने गर्दछन् तर यो समुदायिक भवन निर्माण भएपछि त्याे समस्याकाे अन्त्य हुन्छ । यसका साथै समुदायको बिकास वा गतिविधिमा महीलाहरूले पनि सहभागिता जनाउन पाउने छन् ।”

यस्तो समुदायिक भवन हरेक टोल टोलमा नगरपालिकाबाट निर्माण गर्न पहल समेत गर्ने नगर उप प्रमुख चौधरीले वताइन ।

अहीले सम्म समुदायको लगानीबाट दुई कोठे भवन निर्माण हुने समाजिक अगुवा रामचन्द्र महतो ले बताए ।

शिलान्यास कार्यक्रममा  नेपाली कांग्रेस माहाधिबेशन प्रतिनिधि सैलेन्द्र चौधरी, नेका बुथ सभापति जंग बहादुर दास थारु, घनश्याम चौधरी, वडा सदस्य आत्मा राम, जगरनाथ चौधरी लगायतको सहभागीता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...