Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीमा सामुदायिक भवनकाे शिलान्यास

spot_img
spot_img

पर्सागढी । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. २ टोल झोगडमा झोगड थारू भडौरामाई समुदायिक भवनको शिलान्यास गरिएकाे छ । सामुदायिक भवनकाे शिलान्यास आइतबार एक कार्यक्रमकाे बिच नगर उप प्रमुख अर्चना चाैधरीले गरेकी थिइन ।

भवन शिलान्यास गर्दै उप प्रमुख चाैधरीले गाउँघरमा वैवाहिक कार्यक्रम वा समुदायमा भैरहेको गतीविधी बारे छलफल गर्न भवन निर्माण भएपछि सजिलाे हुने वताइन ।

उनले भनिन्  “मान्छेहरू खुला ठाउँ वा बाटोको छेउमा उभेर छलफल गर्ने गर्दछन् तर यो समुदायिक भवन निर्माण भएपछि त्याे समस्याकाे अन्त्य हुन्छ । यसका साथै समुदायको बिकास वा गतिविधिमा महीलाहरूले पनि सहभागिता जनाउन पाउने छन् ।”

यस्तो समुदायिक भवन हरेक टोल टोलमा नगरपालिकाबाट निर्माण गर्न पहल समेत गर्ने नगर उप प्रमुख चौधरीले वताइन ।

अहीले सम्म समुदायको लगानीबाट दुई कोठे भवन निर्माण हुने समाजिक अगुवा रामचन्द्र महतो ले बताए ।

शिलान्यास कार्यक्रममा  नेपाली कांग्रेस माहाधिबेशन प्रतिनिधि सैलेन्द्र चौधरी, नेका बुथ सभापति जंग बहादुर दास थारु, घनश्याम चौधरी, वडा सदस्य आत्मा राम, जगरनाथ चौधरी लगायतको सहभागीता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...