Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

समाजवादी युवा संघ पर्सा पूर्णगठन, अध्यक्षमा गौरभ वर्मा चयन

spot_img
spot_img

वीरगंज ।  जनता समाजवादी पार्टी (जसपा) पर्साको भातृ सङ्गठन समाजवादी युवा संघ पर्सा पूर्णगठन भएको छ । आइबार वीरगञ्जमा आयोजित एक कार्यक्रम बीच गौरभ वर्माको अध्यक्षतामा ५१ सदसिय समाजवादी यूवा संघ पर्सा पूर्णगठन भएको हो । संघको सचिवमा मन्टु गिरि चयन भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता, संघका केन्द्रीय र प्रादेशिक पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सांसद् यादवले देशको नेतृत्व अबको यूवा पिडीले गर्नुपर्ने बताए । उनले संसारका सम्पूर्ण देशहरुमा पुराना नेताहरुले यूवाहरुलाई नेतृत्व हस्तान्तरण गरिरहेको बेला नेपालमा यस्तो नहुनु दुर्भाग्यपुर्ण भएको बताए । सांसद् यादवले नवगठित संघका पदाधिकारीहरुलाई शुभकामना दिँदै यूवाको क्षेत्रमा रहेका समस्या समाधानका लागि काम गर्न सुझाव दिएका थिए ।

समाजवादी युवा संघ पर्साका इन्चार्ज अमित यादवको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य करिमा बेगम, जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, समाजवादी यूवा संघका केन्द्रीय सचिव सरोज यादव, प्रदेश अध्यक्ष आतिश यादव, प्रदेश मूख्य सचिव मनिष यादवलगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...