Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

समाजवादी युवा संघ पर्सा पूर्णगठन, अध्यक्षमा गौरभ वर्मा चयन

spot_img
spot_img

वीरगंज ।  जनता समाजवादी पार्टी (जसपा) पर्साको भातृ सङ्गठन समाजवादी युवा संघ पर्सा पूर्णगठन भएको छ । आइबार वीरगञ्जमा आयोजित एक कार्यक्रम बीच गौरभ वर्माको अध्यक्षतामा ५१ सदसिय समाजवादी यूवा संघ पर्सा पूर्णगठन भएको हो । संघको सचिवमा मन्टु गिरि चयन भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता, संघका केन्द्रीय र प्रादेशिक पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सांसद् यादवले देशको नेतृत्व अबको यूवा पिडीले गर्नुपर्ने बताए । उनले संसारका सम्पूर्ण देशहरुमा पुराना नेताहरुले यूवाहरुलाई नेतृत्व हस्तान्तरण गरिरहेको बेला नेपालमा यस्तो नहुनु दुर्भाग्यपुर्ण भएको बताए । सांसद् यादवले नवगठित संघका पदाधिकारीहरुलाई शुभकामना दिँदै यूवाको क्षेत्रमा रहेका समस्या समाधानका लागि काम गर्न सुझाव दिएका थिए ।

समाजवादी युवा संघ पर्साका इन्चार्ज अमित यादवको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य करिमा बेगम, जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, समाजवादी यूवा संघका केन्द्रीय सचिव सरोज यादव, प्रदेश अध्यक्ष आतिश यादव, प्रदेश मूख्य सचिव मनिष यादवलगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...