Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

दलित परिवारको छोरीको विवाहमा पोखरिया युवा समाजको सहयोग

spot_img
spot_img

पोखरिया । पोखरिया युवा समाजले पोखरियाको एक दलित परिवारको छोरीको विवाहमा आर्थिक सहयोग गरेको छ । समाजले पोखरिया नगरपालिकाको वडा नं. १ बनकाटवास्थित एक दलित परिवारको छोरीको बिवाहमा आईतबार रु २१ हजारको विभिन्न सामग्री सहयोग गरेको हो ।

चामल २ बोरा, मसुरो २० किलो, चिनी २० किलो, आलु १ बोरा, प्आज २० किलो, रिफाईन १ जार, सरसो तेल १ टिन, मैदा २० किलो, बेसन १० किलो, पता गिलास ३ सय र बर्तन भाडा, लताकपडा तथा सिंगारका सामानहरु सहयोग गरिएको पोखरिया युवा समाजले जनाएको छ ।

युवा समाजका अध्यक्ष भगवान दासको अध्यक्षता र ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक दिपक थापाको प्रमख आतिथ्यमा भएको कार्यक्रममा सो सामग्री सहयोग गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...