Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

दलित परिवारको छोरीको विवाहमा पोखरिया युवा समाजको सहयोग

spot_img
spot_img

पोखरिया । पोखरिया युवा समाजले पोखरियाको एक दलित परिवारको छोरीको विवाहमा आर्थिक सहयोग गरेको छ । समाजले पोखरिया नगरपालिकाको वडा नं. १ बनकाटवास्थित एक दलित परिवारको छोरीको बिवाहमा आईतबार रु २१ हजारको विभिन्न सामग्री सहयोग गरेको हो ।

चामल २ बोरा, मसुरो २० किलो, चिनी २० किलो, आलु १ बोरा, प्आज २० किलो, रिफाईन १ जार, सरसो तेल १ टिन, मैदा २० किलो, बेसन १० किलो, पता गिलास ३ सय र बर्तन भाडा, लताकपडा तथा सिंगारका सामानहरु सहयोग गरिएको पोखरिया युवा समाजले जनाएको छ ।

युवा समाजका अध्यक्ष भगवान दासको अध्यक्षता र ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक दिपक थापाको प्रमख आतिथ्यमा भएको कार्यक्रममा सो सामग्री सहयोग गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...