Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई प्रतिनिधि सभाले तह लगाउन्छ : योगेश भट्टराई

spot_img
spot_img

वीरगंज । प्रेस संगठन नेपाल प्रदेश नं. २ को प्रदेश भेला आईतबार जनकपुरधाममा सम्पन्न भएको छ । जनकपुरस्थित जानकी दरबार होटलमा भएको भेलाले १३ बुंदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दाबी गरेका गरे । उनले ‘सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई प्रतिनिधिसभाले तह लगाउने’ जिकिर समेत गरे ।

‘यदि प्रतिनिधिसभाले संविधानतः संविधानमाथि गलत हस्तक्षेप गर्ने, प्रतिमगनतिर जाने, असंवैधानिक कदम चाल्ने, मुलुकलाई एउटा राजनीतिक अस्थिरतातिर धकेल्ने, तीन करोड नेपाली जनताको भाग्य र भविष्यमाथि बन्चारो प्रहार गर्ने त्यस्ता एक जना व्यक्तिगत महत्वकांक्षाका व्यक्ति, सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई तह लगाउन सकेन भने त्यो प्रतिनिधिसभाले आफ्नो मृत्यु पत्रमा सही गर्छ,’ उनले भने,‘मलाई विश्वास छ, यो प्रतिनिधिसभाले त्यो मृत्युपत्रमा हस्ताक्षर गर्ने छैन । आफ्नो मलामी आफैं जाने घातक निर्णय गर्ने छैन । त्यो ठाउँमा पुग्नुभन्दा पहिले नै प्रधानमन्त्रीले आफ्नो पद त्यागिसकेको हुनुपर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेको नेता भट्टराईले सर्वोच्चले सरकारको निर्णय बदर गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने बताए । तर, ओली लज्जास्पद रुपमा पदमा बसिरहेको उनको भनाई थियो ।  उनले आफूहरु भएको पार्टी एकता पक्षमा भएको तर ओली विभाजनको पक्षमा रहेको दाबी समेत गरे ।

‘केपी ओली जुन ठाउँमा उभिनुभएको छ, त्यो विभाजनको पक्ष हो,’ उनले भने,‘हामी जुन ठाउँमा छौं, त्यो एकताको पक्ष हो । हाम्रो एकता पार्टी एकता मात्र होइन, हाम्रो देश कम्युनिस्ट आन्दोलनको एकतासँग जोडिएको छ ।’

सम्धोधनका क्रममा उनले प्रेस संगठन नेपालले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । यस्तै, आफूहरुको पर्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको नेता भट्टराईको दाबी थियो ।

प्रेस संगठन नेपाल प्रदेश नं. २ का संयोजक किरण कर्णको अध्यक्षतामा भएको भेलामा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, सह–इन्चार्ज ओम शर्मा, विष्णु रिजाल, नेकपाका नेता रामचन्द्र झा, नागेन्द्र चौधरी, विश्वनाथ साह, महेन्द्र पासवान, अजय शंकर नायक लगायतकाले भेलाको उद्घाटन समारोहमा मन्तव्य राखेका थिए भने कार्यक्रमका संचालन प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सचिव बृजलाल पासवानले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...