Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

नेशनल मेडिकल कलेजमा मिग्राैला राेगीलाई आर्थिक सहयाेग

spot_img
spot_img

वीरगंज । युएईकाे राजदूत सइद हमदन अल नकबीले युएईकाे स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिकाे कमी रहेकाे बताएका छन् । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा वीरगंजमा आयोजित सहयाेग हस्तान्तरण कार्यक्रममा वाेल्दै उनले यस्ताे वताएका हुन् ।

नेपाली चिकित्सककाे लागि युएई उपयुक्त गन्तव्य भएकाे वताउदै राजदुत नकबीले नेपाली चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीकाे लागि आफ्नाे देश अवसरकाे रूपमा रहेकाे वताए । कलेजकाे सभाकक्षमा आयोजित कार्यक्रममा २१ जना मिर्गौला रोगीलाई जनही २० हजार नगद र लत्ताकपडा सहयाेग गरिएकाे थियाे ।

कलेजका अध्यक्ष डा. जैनुद्दीन अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा. प्रमोद सर्राफले कलेजले सय जना मिर्गौला रोगीकाे डायलसिस सेवा उपलब्ध गराउदै आएकाे जानकारी गराएका थिए ।

कलेजकाे विद्यार्थी इशा रेग्मीले सञ्चालन गरेकाे कार्यक्रममा प्रिन्सिपल कृष्णनन्दन सिंह, मेडिकल एडुकेशन निर्देशक डा एके कोशी लगायतकाले आ आफ्नाे भनाई राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...