Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

नेशनल मेडिकल कलेजमा मिग्राैला राेगीलाई आर्थिक सहयाेग

spot_img
spot_img

वीरगंज । युएईकाे राजदूत सइद हमदन अल नकबीले युएईकाे स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिकाे कमी रहेकाे बताएका छन् । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा वीरगंजमा आयोजित सहयाेग हस्तान्तरण कार्यक्रममा वाेल्दै उनले यस्ताे वताएका हुन् ।

नेपाली चिकित्सककाे लागि युएई उपयुक्त गन्तव्य भएकाे वताउदै राजदुत नकबीले नेपाली चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीकाे लागि आफ्नाे देश अवसरकाे रूपमा रहेकाे वताए । कलेजकाे सभाकक्षमा आयोजित कार्यक्रममा २१ जना मिर्गौला रोगीलाई जनही २० हजार नगद र लत्ताकपडा सहयाेग गरिएकाे थियाे ।

कलेजका अध्यक्ष डा. जैनुद्दीन अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा. प्रमोद सर्राफले कलेजले सय जना मिर्गौला रोगीकाे डायलसिस सेवा उपलब्ध गराउदै आएकाे जानकारी गराएका थिए ।

कलेजकाे विद्यार्थी इशा रेग्मीले सञ्चालन गरेकाे कार्यक्रममा प्रिन्सिपल कृष्णनन्दन सिंह, मेडिकल एडुकेशन निर्देशक डा एके कोशी लगायतकाले आ आफ्नाे भनाई राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...