Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

नौतनमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ३ नौतनमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रसाैनी गाउँपालिकाकाे सहयाेग र वडा नम्बर ३ को कार्यालयकाे आयाेजनामा भएकाे कार्यक्रममा ८ महिला सहित एक सय ४ जनाले रक्तदान गरेका थिए । 

नौतनमा आयोजित कार्यक्रममा प्रशासन्त शाह, सिद्धार्थ साह, सागर साह, विकास पटेल, सौरभ साह, धिरज कुमार चौरसीया, आरती साह, पुनम यादव, महिमा साह लगायतकाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेकाे कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का सांसद एकबाल मियाँ, प्रसौनी गाँउपालिकाका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गीता देवी, वडा अध्यक्ष बैजनाथ गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...