Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्साकाे ग्रामीण क्षेत्रमा जथाभावी बिधुतिय धराप राखेका कारण एक जना घम्भिर घाइते

spot_img
spot_img

जिराभवानी । पर्सा रास्ट्रीय निकुञ्ज तथा रास्ट्रीय जङ्गलसंग सिमा जोडिएको ठोरी गाउँपालिका, जिराभवानि गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा पर्सौनी गाउँपालिकाका स्थानीय किसानहरुले आफ्नो खेती पाती जंगली जनावरबाट बचाउन तथा सिकार गर्नको लागि जथाभावी बिधुतिय धराप राख्ने गरेका छन । जसका कारणले दुर्घटनाको जोखिम पनि बढदै गएको छ ।

जबकि खेत बारिमा जंगली जनावरबाट जोगिनको लागि जिल्ला प्रशासन कार्यालय र बिधुत प्राधिकरणबाट अनुमानि लिई सोको सुचना टास गरि र रेडियोबाट समेत सुचना प्रसारण गरि मात्र बिधुतिय धराप राख्ने प्रावधान रहेको भएपनि पर्सामा अहिलेसम्म कसैले पनि बिधुतिय धराप राख्न अनुपती नलिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले जानकारी दिए ।

पर्सा रास्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले जङ्गलसंग सिमा जोडिएका स्थानीयहरुले जंगली जनावरसंग बच्नको लागि नभई सिकार गर्नको लागि बिधुतिय धराप राख्ने गरेको बताउदै आफुले तत्कालै निकुञ्जसंग सिमा जोडिएका गाउँहरुमा निकुञ्ज प्रशासन र सेना लगाएर अनुगमन गरि बिधुतिय धराप हटाउने बताए ।

यसैबीच बिधुतिय धरापमै परि एक जना युवक गम्भीर घाईते भएका छन । पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर १ शान्ति नगरका स्थानीय जीवन जोशीको मकै बारिमा अबैध तरिकाले लगाइएको बिधुतिय धरापमा परि जिराभवानी गाउँपालिका वार्ड नम्बर दुई काठमाडौ टोलका २८ बर्षिय महादेव मिर्दाहा गम्भीर घाइते भएका हुन् ।

मिर्दाहा गएराती शान्ति टोलमै रहेको स्थानीय खाजा पसलमा खाजा खाएर दिशा गर्न मकै बारिमा जाने क्रममा उनी धराप परेका थिए । बिधुतिय करेन्ट लागेर मिर्दाहा हात खुट्टा र छातिमा गम्भीर असर पुगेको परिवारिक श्रोतले जनाएको छ ।

घाइते मिर्दाहाको वीरगंजस्थित नारायणी ब्योधा अस्पतालमा उपचार भैरहेको पिडितका परिवारजनले जनाएका छन् ।

पिडित मिर्दाहाको दाइले जोशीमाथी कार्वाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय सेढवामा उजुरी दिएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक उपेन्द्र प्रसाद चौधरीले जानकारी दिदै बिधुतिय धराप लगाउने व्यक्ति जोशी फरार रहेकोले खोजी कार्य तीब्र गतिमा भैरहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...