Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

पर्साकाे ग्रामीण क्षेत्रमा जथाभावी बिधुतिय धराप राखेका कारण एक जना घम्भिर घाइते

spot_img
spot_img

जिराभवानी । पर्सा रास्ट्रीय निकुञ्ज तथा रास्ट्रीय जङ्गलसंग सिमा जोडिएको ठोरी गाउँपालिका, जिराभवानि गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा पर्सौनी गाउँपालिकाका स्थानीय किसानहरुले आफ्नो खेती पाती जंगली जनावरबाट बचाउन तथा सिकार गर्नको लागि जथाभावी बिधुतिय धराप राख्ने गरेका छन । जसका कारणले दुर्घटनाको जोखिम पनि बढदै गएको छ ।

जबकि खेत बारिमा जंगली जनावरबाट जोगिनको लागि जिल्ला प्रशासन कार्यालय र बिधुत प्राधिकरणबाट अनुमानि लिई सोको सुचना टास गरि र रेडियोबाट समेत सुचना प्रसारण गरि मात्र बिधुतिय धराप राख्ने प्रावधान रहेको भएपनि पर्सामा अहिलेसम्म कसैले पनि बिधुतिय धराप राख्न अनुपती नलिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले जानकारी दिए ।

पर्सा रास्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले जङ्गलसंग सिमा जोडिएका स्थानीयहरुले जंगली जनावरसंग बच्नको लागि नभई सिकार गर्नको लागि बिधुतिय धराप राख्ने गरेको बताउदै आफुले तत्कालै निकुञ्जसंग सिमा जोडिएका गाउँहरुमा निकुञ्ज प्रशासन र सेना लगाएर अनुगमन गरि बिधुतिय धराप हटाउने बताए ।

यसैबीच बिधुतिय धरापमै परि एक जना युवक गम्भीर घाईते भएका छन । पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर १ शान्ति नगरका स्थानीय जीवन जोशीको मकै बारिमा अबैध तरिकाले लगाइएको बिधुतिय धरापमा परि जिराभवानी गाउँपालिका वार्ड नम्बर दुई काठमाडौ टोलका २८ बर्षिय महादेव मिर्दाहा गम्भीर घाइते भएका हुन् ।

मिर्दाहा गएराती शान्ति टोलमै रहेको स्थानीय खाजा पसलमा खाजा खाएर दिशा गर्न मकै बारिमा जाने क्रममा उनी धराप परेका थिए । बिधुतिय करेन्ट लागेर मिर्दाहा हात खुट्टा र छातिमा गम्भीर असर पुगेको परिवारिक श्रोतले जनाएको छ ।

घाइते मिर्दाहाको वीरगंजस्थित नारायणी ब्योधा अस्पतालमा उपचार भैरहेको पिडितका परिवारजनले जनाएका छन् ।

पिडित मिर्दाहाको दाइले जोशीमाथी कार्वाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय सेढवामा उजुरी दिएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक उपेन्द्र प्रसाद चौधरीले जानकारी दिदै बिधुतिय धराप लगाउने व्यक्ति जोशी फरार रहेकोले खोजी कार्य तीब्र गतिमा भैरहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...