Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

स्वच्छता ब्यवस्थापन परियोजनाको समिक्षा बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । आपतकालीन खानेपानी सरसफाइ तथा स्वच्छता ब्यवस्थापन परियोजना कार्यक्रमको शनिबार वीरगंजमा बार्षिक समिक्षा बैठक सप्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा इन्टरनेशनल फ्याडरेसन अफ रेडक्रसको आर्थिक एवं प्राबिधिक सहयोगमा रेडक्रस पर्साको सहकार्यमा संचालित कार्यक्रमको समिक्षा बैठक वीरगंजस्थित कुमु प्यालेस होटलमा सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेलको सभापतित्व र रेडक्रस प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाँको प्रमुख आतिथ्यतामा भएको बैठकमा क्ष्ँच्ऋ का प्रतिनिधि प्रज्वल आचार्य, रेडक्रसका उपनिर्देशक अमरमनि पौडेल, रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसिया, कोषाध्यक्ष महन्थ प्रसाद यादव, कार्यक्रम अधिकृत सुबेक्षा मानन्धर, उमेश मिश्र, लेखाअधिकृत बिरशम्सेर प्रसाद कुर्मी, अजय यादव, आकास चौरसिया, रामाशन्कर चौरसिया लगायतको सहभागीता रहेको थियोे ।

कार्यक्रमको अवधीभरिमा भएको अनुभव, चुनौतिहरुको बारेमा व्यापक छलफल भएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी दिए ।

साथै आउने दिनको लागि समेत कार्यक्रम संचालन गर्दा गर्नु कार्यहरुको निचोड निकाल्न सफल भएको रेडक्रस पर्साका सभापति कंडेलले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...