Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरकाे साेहरीमा नेपाली कांग्रेसको टोल कार्य समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ४ सोहरी, हरपुरमा नेपाली कांग्रेसको टोल कार्य समिति गठन भएको छ ।

बिष्णु पंजियारको सभापतित्वमा १५ सदस्यीय सोहरी हरपुर टोल कार्य समिति गठन भएको नेपाली कांग्रेसका पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले जानकारी दिए ।

जुन समितिको उपभसभापति जितन दास, सचिव लक्ष्मी प्रसाद थारु, कोषाध्यक्ष सिताराम दास, सह–सचिव सूर्यलाल प्रसाद चयन भएका छन् ।

नव गठित कार्यसमितिको सदस्यमा रामबाबु प्रसाद यादव, नागेन्द्र यादव, असरफि हजरा, पलट चौधरी, उमेश पंजियार, दिनेश्वर दास, रामराज दास, मोहन साह तेली, इन्द्रासन राय, जोगिन्द्र साह चयन भएका छन् ।

वडा समितिका सभापति राजकृश प्रसाद चौहानको सभापतित्वमा भएको टोल भेलामा महासमिति सदस्य रामदेव प्रसाद चौहान, क्ष्त्रिय सचिव श्रीकान्त यादव, क्षेत्रिय कोषाध्यक्ष दिपेन्द्र प्रसाद चौहान, प्रदेश सभा क्षेत्र नं. ४ (क) का सचिव ह्दयनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...