Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रचण्ड र माधवले प्रधानमन्त्रीकाे लागि जति प्रयास गरे पनि पाउन सक्दैनन् : मन्त्री प्रभु साह

spot_img
spot_img
वीरगंज । शहरी विकास मन्त्री प्रभु साहले नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री पद पाउनकाे लागि जति प्रयास गरे पनि पाउन नसक्ने वताएका छन् ।
 
पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकी, सेढामा भएकाे गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री साहले संसद पुन:स्थापनाकाे गर्ने सर्वाेच्च अदालतकाे आदेश पछि नेता प्रचण्ड र माधवले सांसद किनबेचकाे फाेहरी खेलमा लागेकाे आराेप समेत लगाएका हुन् ।
 
नेकपा प्रदेश नं. २ का अध्यक्ष समेत रहेका मन्त्री साहले जनताले नेकपालाई झण्डै दुई तिहाई बहुमत दिए पनि प्रचण्ड र माधवले नै प्रधानमन्त्री ओलीलाई सरकार संचालन गर्न नदिई पार्टी ध्वस्त पारेकाे आराेप लगाए ।
 
उनलेे स्थिरता, सुशासन, समृद्धि र विकासको अभियान सफल पार्न प्रधानमन्त्री ओली नेतृत्वकाे नेकपामा गोलबन्द हुन पनि आज जनसमुदायलाई आग्रह गरेका थिए ।
 
कार्यक्रममा वाेल्ने अन्य वक्ताहरुले जनता आवास लगायतका महत्वपूर्ण विकास निर्माणका कार्यहरुमा प्रदेश सरकारको भूमिका सन्तोषजनक नभएको भन्दै चर्को आलोचना तथा आक्रोश व्यक्त गरेका थिए ।
 
नेकपा छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष पहलाद गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हाजरा, संविधान सभा सदस्य राजकुमार गुप्ता, जयपक्राश थारु, प्रधुमन चाैहान, जिल्ला समन्वय समिति पर्साका उप प्रमुख ठाकुर प्रसाद न्याैपाने, पटेर्वा सुगाैली गाउँपालिका अध्यक्ष हरिनारायण चाैधरी, छिपहरमाई गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ता, नेता जाेगिन्द्र साह, बिश्वम्भर शर्मा, बलिराम साह, फुलझरी देवी, अमिताब बचन दास, यसवन्त यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।
 
वडाध्यक्षसिहत सयाैं जनाद्वारा पार्टी प्रबेश
साेही कार्यक्रममा तत्कालिन संघिय समाजवादी फाेरमबाट निर्वाचित एक वडाध्यक्ष सहित सयाैं जनाले नेकपा ओली समुहमा प्रबेश गरेका थिए । 
छिपहरमाई गाउँपालिका वडा नं. २ का वडाध्यक्ष महेन्द्र साह कलवार, तत्कालिन संघिय समाजवादी फाेरमबाट छिपहरमाई गाउँपालिकाकाे वडा नं. ३ मा वडाध्यक्षमा चुनाव लडेेका अनिल साह, वडा सदस्यका उम्मेदवार नाजिर मियाँ, बिहारी साह कानु लगायतका सयाैंले पार्टी प्रबेश गरेका थिए ।
पार्टी प्रबेश गर्नेहरुलाई नेकपा प्रदेश अध्यक्ष प्रभु साहले अबिरकाे टिका र फुलकाे माला लगाई पार्टीमा स्वागत गरेका थिए ।
 
बर्थिङ्ग सेन्टरकाे मन्त्री साहद्वारा उद्घाटन
छिपहरमाई गाउँपालिकाकाे वडा नं. जयमंगलापुरमा निर्माण भएकाे बर्थिङ्ग सेन्टर भवनकाे शहरी बिकास मन्त्री प्रभु साहले उद्घाटन गरेका थिए ।
गाउँपालिकाकाे तेस्राे बर्थिङ्ग सेन्टरकाे रुपमा जयमंगलापुरमा गाउँपालिकाद्वारा निर्माण गरि बर्थिङ्ग सेन्टर भवनकाे मन्त्री साहले रिबन काटेर उद्घाटन गरेकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...