Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सागढीकाे वडा नं. ५ मा फ्रि वाईफाई

spot_img
spot_img
वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ५ मा फ्रि वाईफाई जडान गरिएकाे छ । फ्रि वाईफाईकाे बिहिबार एक कार्यक्रमकाे बिच प्रतिनिधि सभा सदस्य प्रदिप यादवले उद्घाटन गरे ।
 
फ्रि वाइफाई सिस्टमको उदघाटन गर्दै सांसद यादवले समाजिक संजालले जिवनशैलिलाई परिवर्तन गरेको बताए । उनले नेटको सुविधा हरेक व्यक्तिको लागि अनिवार्य भएको बताउँदै वडावासिको लागी वाइफाई सुबिधा व्यास्था सराहनिय कार्य भएकाे वताए ।
 
कोरोनाको समयमा धेरै विद्यालयहरुले बाईफाई कक्षा समेत संचालन गरेकोले यसबाट शिक्षामा पनि ठुलो टेवा पुग्ने नेता यादवको भनाई थियो । 
 
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले जडान गरिएको वाईफाईको फ्रि सुविधालाई निरन्तर्ता दिनुका साथै समाजिक संजालबाट हुने बिक्रितिबाट युवा युवतीहरुलाई बचाउनु सबै अभिभावको दायीत्व भएकोले यस प्रति सजग रहन वडावासीहरुलाई अनुरोध समेत गरे ।
 
पर्सा जिल्ला मै पहिलो पटक पुरा वडालाई लक्ष्य गरि फ्रि वाईफाई जडान गरिएको वडाध्यक्ष असलम आलमले वताए । जडान गरिएकाे वाईफाईबाट वडा अन्तर्गतकाे पचरुखि, बहुअर्वा, हरदिया र जिंगना लगायतका टोलमा प्रयाेग गर्न सकिने उनले वताए ।
 
उदघाटन कार्यक्रममा जनता समाजवादि पार्टि जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज आहमद, पार्टिका जिल्ला सदस्य अशोक यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...