Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीकाे वडा नं. ५ मा फ्रि वाईफाई

spot_img
spot_img
वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ५ मा फ्रि वाईफाई जडान गरिएकाे छ । फ्रि वाईफाईकाे बिहिबार एक कार्यक्रमकाे बिच प्रतिनिधि सभा सदस्य प्रदिप यादवले उद्घाटन गरे ।
 
फ्रि वाइफाई सिस्टमको उदघाटन गर्दै सांसद यादवले समाजिक संजालले जिवनशैलिलाई परिवर्तन गरेको बताए । उनले नेटको सुविधा हरेक व्यक्तिको लागि अनिवार्य भएको बताउँदै वडावासिको लागी वाइफाई सुबिधा व्यास्था सराहनिय कार्य भएकाे वताए ।
 
कोरोनाको समयमा धेरै विद्यालयहरुले बाईफाई कक्षा समेत संचालन गरेकोले यसबाट शिक्षामा पनि ठुलो टेवा पुग्ने नेता यादवको भनाई थियो । 
 
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले जडान गरिएको वाईफाईको फ्रि सुविधालाई निरन्तर्ता दिनुका साथै समाजिक संजालबाट हुने बिक्रितिबाट युवा युवतीहरुलाई बचाउनु सबै अभिभावको दायीत्व भएकोले यस प्रति सजग रहन वडावासीहरुलाई अनुरोध समेत गरे ।
 
पर्सा जिल्ला मै पहिलो पटक पुरा वडालाई लक्ष्य गरि फ्रि वाईफाई जडान गरिएको वडाध्यक्ष असलम आलमले वताए । जडान गरिएकाे वाईफाईबाट वडा अन्तर्गतकाे पचरुखि, बहुअर्वा, हरदिया र जिंगना लगायतका टोलमा प्रयाेग गर्न सकिने उनले वताए ।
 
उदघाटन कार्यक्रममा जनता समाजवादि पार्टि जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज आहमद, पार्टिका जिल्ला सदस्य अशोक यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...