Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

गोविन्दपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img
वीरगंज । पर्साकाे पोखरीया नगरपालिका वडा नं. ७ गोविन्दपुरमा बुधबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
 
वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीकाे सहयाेग र माट्रिका आई फाउन्डेसनकाे प्राविधिक सहयोगमा भएकाे शिविरमा २ सय ५५ जनाले आँखा परिक्षण गराएका थिए । जस मध्ये १ सय ४५ जनामा मोतिबिन्दु फेला परेको थियाे ।
 
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीको पहल र श्री टैरीमाई युवा क्लब जगतपुरको सहजिकरणमा भएकाे शिविरकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर सरावगीले गरेका थिए ।
 
जसपा क्षेत्रिय अध्यक्ष नागेन्द्र यादव र राजनारायण कुर्मीको अयोजनामा भएको शिविरकाे उद्घाटन कार्यक्रममा जसपाका केन्द्रीय सदस्य शमानी, पाेखरिया नगरपालिकाकी उप – प्रमुख सलमा खातुन,  खलिल मियाँ, वडाध्यक्ष नन्द कुर्मी, परमानन्द कुर्मी, महमद नुरहोदा देवान, राजकुमार सहनि, उमेश सहनी, श्री टैरीमाई युवा क्लब जगतपुरका उपाध्यक्ष राधेश्याम कुमार सोनार लगायतको उपस्थिति रहेकाे थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...