Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठोरीमा खाजाघरमा आगलगी, ११ लाखकाे क्षति

spot_img
spot_img

जिराभवनी । पर्साकाे ठोरी गाउँपालिका वडा नं. २ गौतमनगरको चोक बजारमा रहेको नम्रता खाजा घरमा मंगलबार विहान आगलगी भएकाे छ । विहान ३ बजे एक्कासी भएकाे आगलगीमा खाजाघर पुर्णरुपले जलेर नष्ट भएको हाे ।

आगोलागीबाट खाजा घरभित्र रहेको भौतिक सामग्री, महत्त्वपूर्ण कागजात, विभिन्न किसिमका खाद्यान्न सामग्री जली नष्ट भएकाे पिडितले जनाएका छन् । घरमा आगो दन्किएपछि छिमेकीले थाहा पाएर होहल्ला गरेका थिए । त्यसपछि आगलागी भएको थाहा पाएर जम्मा भएका स्थानीयबासीहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट अन्दाजी ११ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएकाे छ । आगलागीको कारण भने अहिलेसम्म पत्ता लागिनसकेको प्रहरी कार्यालयले जनाएकाे छ । आगलागीबाट खाजाघर नजिकै रहेको २ ओटा घुम्ती पसलमा समेत क्षति पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...