Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीमा खाजाघरमा आगलगी, ११ लाखकाे क्षति

spot_img
spot_img

जिराभवनी । पर्साकाे ठोरी गाउँपालिका वडा नं. २ गौतमनगरको चोक बजारमा रहेको नम्रता खाजा घरमा मंगलबार विहान आगलगी भएकाे छ । विहान ३ बजे एक्कासी भएकाे आगलगीमा खाजाघर पुर्णरुपले जलेर नष्ट भएको हाे ।

आगोलागीबाट खाजा घरभित्र रहेको भौतिक सामग्री, महत्त्वपूर्ण कागजात, विभिन्न किसिमका खाद्यान्न सामग्री जली नष्ट भएकाे पिडितले जनाएका छन् । घरमा आगो दन्किएपछि छिमेकीले थाहा पाएर होहल्ला गरेका थिए । त्यसपछि आगलागी भएको थाहा पाएर जम्मा भएका स्थानीयबासीहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट अन्दाजी ११ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएकाे छ । आगलागीको कारण भने अहिलेसम्म पत्ता लागिनसकेको प्रहरी कार्यालयले जनाएकाे छ । आगलागीबाट खाजाघर नजिकै रहेको २ ओटा घुम्ती पसलमा समेत क्षति पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...