Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

विद्यालय सुधार योजना विषयगत तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । विद्यालय सुधार योजना विषयगत ३ दिने तालिम मंगलबार वीरगंजमा सम्पन्न भएको छ । भिएसो नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी सशक्तिकरणको लागि शैक्षिक कार्यक्रम अन्तर्गत संचालित तालिम सम्पन्न भएकाे हाे ।

वीरगंजस्थित भिस्वा होटलमा सुरु भएको तालिममा विद्यालय सुधार योजनालाई व्यवस्थित र प्रभावकारी ढंगले तयार गर्नुको साथै कार्यन्वयमा लग्न प्रशिक्षण दिइएकाे थियाे ।

यसका साथै विद्यालयमा भएको समस्या र चुनौतीलाई कसरी विद्यालय योजनामा समावेश गरी समाधान गर्न सकिने उपायको बारेमा पनि छलफल गरिएकाे परियोजना संयोजक गणेश ठकुरीले वताए ।

तालिममा परियोजना संचालन रहेको क्षेत्रको ११ वटा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, जगरनाथपुर गाउँपालिका र धाेबिनी गाउँपालिका शिक्षा शाखा प्रमुखको सहभागिता रहेको थियाे ।

तालिममा प्रशिक्षक बृजकिशोर पटेल र रामप्रबेश साहले प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...