Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

पर्सागढीमा गरिब, दलित परिवारलाई खाद्यान्न सामाग्री वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकामा साेमबार खाद्यान्न सामग्री वितरण गरिएकाे छ । गाउँपालिकाकाे वडा नं ५, ६, ७ मा रहेको मुसहर, तात्वा, डोम, परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएकाे हाे ।  

स्ट्रीट चाइल्ड नेपाल र जावास संस्थाको सहयोगमा आस्मान नेपालले खाद्यान्न सामाग्री वितरण गरेकाे वडाध्यक्ष असलम आलमले जानकारी दिए ।

गाउँपालिकाकाे ३ वटा वडा ५२ गरिब, विपन्न परिवारलाई खाद्य सामाग्री संस्थाले वितरण गरेकाे उनले जानकारी दिए ।

संस्थाले प्रति परिवार चामल २५ किलो, नुन ३ किलो, मास दाल ३ किलो, मसुरो दाल २ किलो, खाने तेल ३ किलो, चाना २ किलो खाद्यन्न सामाग्री वितरण गरेकाे थयाे ।

वडाध्यक्ष आलमकाे अध्यक्षता भएकाे खाद्यान्न सामाग्री वितरण कार्यक्रममा पर्सागढी नगरपालिकाकी उप मेयर अर्चना चाैधरी, जवासका शिवनाथ यादव, वडा सदस्य सतिया देवी, योगेन्द्र साह, सैनुलाह मियाँ, लाल बाबु पण्डित, मात्रिक मंडल, रमेश यादव लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...