Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

वीरगंजमा स्लो साइकल प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । वीरगंज साइक्लिङ्ग क्लबकाे आयाेजनामा शनिबार स्लो साइकल प्रतियोगिता सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा नजिक रहेकाे मैदानमा भएकाे प्रतियाेगितामा केशव खेतान प्रथम भएका थिए । अशोक चौधरी र रचित सरावगी क्रमश द्वितीय र तृतीय भएका थिए । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड र सहभागीलाई मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले साइकल चलाउँदा व्यक्तिगत स्वास्थ्य र वातावरण संरक्षण दुवैतिर फाइदा हुने बताए ।

साइकलको प्रयोग बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ६ वर्षदेखि ६० वर्ष उमेर समूहका साइकल चालकहरु सहभागी भएका थिए ।

वीरगञ्ज साइक्लिङ क्लबकी कोषाध्यक्ष एवं प्रतियोगिता आयोजक कमिटीको संयोजक नुतन सरावगीले साइकलको प्रयोग बढाउनका लागि क्लबले विभिन्न गतिविधिको अयोजना गर्ने क्रममा ‘स्लो साइक्लिङ कम्पिटिसन’को आयोजना गरिएको बताइन् ।

क्लबका अध्यक्ष संजय कुमार अग्रवालकाे अध्यक्षता र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चाैहान, सशस्त्र प्रहरी गणका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष गाेपाल केडिया लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...