Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सामाजिक रुपान्तरणको लागि दलित दबाब समुह गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा-४, सुपौलीमा १४ औं अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक रुपान्तरण र दलित समुदायकाे सशक्तीकरण तथा दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ।

पिसफोर दलितस फाउन्डेसन नेपाल, प्रदेश -२, को आयोजना र सिसिबि नेपाल, काठमाडौंको सहयोगमा सुपाैलीमा भएकाे दलित समुदायकाे एक भेलाले किशनाथन रामकाे संयोजकत्वमा ११ सदस्यीय दलित दबाव समुह गठन गरेकाे हाे । नव गठित समुहकाे  सह संयोजक जगदीश राम, सदस्यहरु कोसिला देवी, सरिता देवी, आल्सा देवी, देवराज राम, कमलावती देवी, राजेश राम, हेमलाल राम, प्रमोद राम, शिव राम, सोनालाल राम, केशराज राम लगायत रहेको छ्न् ।

दलित समुदायको माथि भैइरहेको हिंसा, हत्या, विभेदको विरुद्ध आवाज उठाउन दलित दबाब समुह गठन गरिएको फाउनन्डेसनका अध्यक्ष मनाेज रामले वताए । दलित माथिको जातीय विभेद, छुवाछूत, सामाजिक विभेद, अन्याय, अत्याचार, दमन, शोषण, असमानता कायम नै रहेकोे उनकाे भनाई छ ।

भेलामा दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान , पिसफोर दलितस फाउन्डेसन नेपालका चन्द्र्किशोर राम, परमान्द राम, दलित अगुवाहरु चन्द्रेशवर राम लगायतको सहभागिता रहेकोे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...