Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

सामाजिक रुपान्तरणको लागि दलित दबाब समुह गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा-४, सुपौलीमा १४ औं अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक रुपान्तरण र दलित समुदायकाे सशक्तीकरण तथा दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ।

पिसफोर दलितस फाउन्डेसन नेपाल, प्रदेश -२, को आयोजना र सिसिबि नेपाल, काठमाडौंको सहयोगमा सुपाैलीमा भएकाे दलित समुदायकाे एक भेलाले किशनाथन रामकाे संयोजकत्वमा ११ सदस्यीय दलित दबाव समुह गठन गरेकाे हाे । नव गठित समुहकाे  सह संयोजक जगदीश राम, सदस्यहरु कोसिला देवी, सरिता देवी, आल्सा देवी, देवराज राम, कमलावती देवी, राजेश राम, हेमलाल राम, प्रमोद राम, शिव राम, सोनालाल राम, केशराज राम लगायत रहेको छ्न् ।

दलित समुदायको माथि भैइरहेको हिंसा, हत्या, विभेदको विरुद्ध आवाज उठाउन दलित दबाब समुह गठन गरिएको फाउनन्डेसनका अध्यक्ष मनाेज रामले वताए । दलित माथिको जातीय विभेद, छुवाछूत, सामाजिक विभेद, अन्याय, अत्याचार, दमन, शोषण, असमानता कायम नै रहेकोे उनकाे भनाई छ ।

भेलामा दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान , पिसफोर दलितस फाउन्डेसन नेपालका चन्द्र्किशोर राम, परमान्द राम, दलित अगुवाहरु चन्द्रेशवर राम लगायतको सहभागिता रहेकोे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...