Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरिया युवा समाजद्वारा विपन्न परिवारकाे विवाहमा सहयाेग

spot_img
spot_img

पर्सा । पोखरीया युवा समाजले शनिबार एक कार्यक्रमका बिच पोखरीया नगरपालिका वडा नम्बर ६ श्रीसियाका एक बिपन्न परिवारका छोरीको विवाहमा २१ हजार मुल्य बराबरको बिभिन्न सामग्री सहयाेग गरेको छ ।

युवा समाजका अध्यक्ष भगवान दास तात्वाको नेतृत्वमा समाले २ बोरा चामल, ५० किलो आलु, २५ किलो मसुरो दाल, २५ किलो चिनी, १ टिन रिफाईन तेल, १ टिन सरसो तेल, २० किलो मैदा, १० किलो बेसन, २० किलो प्याज, ३ सय पाता, ३ सय गिलास सहयाे गरेको हो ।

कार्यक्रममा युवा समाजका दिनेश मिश्रा, मनोज गुप्ता, मन्नु गिरी, मुमताज आलम, संतोष चौहान लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...