Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

वीरगंजमा ट्रकको ठक्करले माेटरसाइकल चालककाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगन्ज ड्राइपोट सडक खण्डमा शनिबार ट्रकको ठक्करबाट मोटरसाइक चालकको मृत्यु भएको छ । वीरगन्जबाट ड्राडपोट जाँदै गरेको ना ५३ प ८७६२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ४ ख १८३९ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको र मोटरसाईकलमा सवार एक जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए ।

मोटरसाइकल चालक पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ श्रीपुर पंचगवा बस्ने ६२ बर्षका छठु साहको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १९ निवसी २७ बर्षकि चन्दा देवी साहको वीरगन्जको तराई अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था पनि चिन्ताजनक नै रहेको चिकित्सकहरुले जनाएका छन् ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्रक चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे...

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...