Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

नगर स्तरिय क्रिकेट प्रतियोगितामा पिपरा बिजयी

spot_img
spot_img

वीरगंज । समग्र नेपाल नामक समाजिक संस्था, बहुदरमाई नगरपालिकाद्वारा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा पिपरा टिम ५ बिकेटले बैरिया टिमलाई पराजित गरि प्रथम बिजेता भएको छ ।

प्रथम बिजेता पिपरा र द्वितीय बिजेता बैरियालाई प्रदेश न. २ का भौतिक पुर्बाधार बिकास राज्य मन्त्री डा. डिम्पल झाले शिलड सहितको पुरस्कार बितरण गरेकी थिइन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मध्ये नरेन्द्र पटेललाई मैन अफ द म्याच र असरफ आलमलाई मैन अफ द सिरिजको पुरस्कार कार्यक्रमका बिशिस्ट अतिथी जसपाका केन्द्रिय सदस्य शिव पटेलले बितरण गरेका थिए । पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै भौतिक पुर्बाधार बिकास राज्य मन्त्री डिम्पल झाले युवाहरुलाई अनुशाशित बनाउन प्रदेश सरकार खेल प्रति संबेदनसिल रहेको बताउदै चाडै सरकारले प्रदेश स्तरिय प्रतियोगिताको आयोजना गर्ने बताईन ।

शोभराती देवानको अध्यक्षता भएको पुरस्कार वितरण कार्यक्रममा सम्पुर्ण खेलाडीहरुलाई क्रमश जसपाकी केन्द्रिय सदस्य रम्भा मिश्र, नेता कृष्ण पटेल, जिल्ला सचिव श्रीराम जि गिरि, जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यादव, बहुदरमाई नगरपालिका–८ का वडाध्यक्ष पुनिलाल साह, नगर सदस्य सोनालाल साह, रामाधार यादब, श्रवण राउत कुर्मी, शिक्षा प्रेमी पानालाल साह लगायतले मेडल बितरण एवम् शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...