Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

युथ कांग्रेस नेपाल पर्साको संगठन बिस्तार

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस निकट रहेको युवाहरुको संगठन ‘युथ कांग्रेस नेपाल’ पर्सा जिल्ला कार्य समिति विस्तार भएको छ । शनिबार वीरगंजस्थित ठाकुर राम क्याम्पसमा बैठक बसी सुमेश्वर साहको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति विस्तार गरिएको हो ।

उक्त कार्यसमितिको उपाध्यक्षमा अनिल पटेल, नरेश प्रसाद रौनियार, सचिवमा राहुल कुमार कानु , सह सचिवमा पवन कुमार पटेल, श्याम गुप्ता, कोषाध्यक्षमा अंजली मण्डल, सदस्यहरुमा देवनाथ महतो, प्रदिप गुप्ता, मुकेश गुप्ता, सुमित श्रीवास्तव, जाहुर अंसारी, रन्जन सरार्फ , दिपक महतो, रंजित कु कानु, केशव कुमार मण्डल, प्रदिप साह, रंजित कुमार कानु, सुजित कुमार मिश्र, श्याम गुप्ता, अकाश गुप्ता, राजु गुप्ता चयन भएका छन् ।

नेपालका युवा लोकतन्त्रवादीहरुको अभियान युथ कांग्रेस नेपालले पछिल्लो ३ वर्ष देखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभुतीको लागि विभिन्न कार्यक्रम चलाउदै आइरहेको छ ।

युथ कांग्रेस नेपाल प्रदेश नं २ का सदस्य राहुल कुमार गुप्ता, वि.पि कोइराला युवा मन्चका प्रदेश न २ सम्पर्क ब्यक्ति मनोहर साह, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र यादव,नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता लगायतको उपस्थितमा समिति विस्तार गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...