Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

बिबिए भवन खोई ? भन्दै बिधार्थी आन्दोलित

spot_img
spot_img

वीरगंज । ठाकुराम बहुमुखी क्याम्पस वीरगंजको बिबिए संकायमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् ।

विद्यार्थीहरुले फाइट टुडे फर बेटर टुमारो, बिबिए भवन खोई ?, बिबिए प्रशासनको लापरवाही हाम्रो कारवाही, हामीलाई गधा बनाउन छोडेर बिबिएको नयाँ भवन बनाउनुहोस्, हरेक विद्यार्थीको ३ लाख १९ हजार कसको गोजीमा ?, कुम्भकरण ज्युहरु उठ्नुहोस् युद्धको समय भयो लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर शुक्रबार क्यामपस परिसरमै धर्नामा बसी बिरोध प्रदर्शन गरेका थिए ।

विगत लामो समयदेखी बिबिएको भवन नहुँदा विद्यार्थीहरुलाई समस्या हुने गरेको छ । २०७१ सालमै बिबिएको ६ कोठे भवन निर्माण गर्न ठेक्का भएपनि निर्माण कार्य हालसम्म सम्पन्न भएको छैन् । ठेक्कादार कम्पनीले २०७६ सालमै निर्माण कार्य सम्पन्न गर्नु पर्नेमा हालसम्म नगरेको कारण विधार्थीहरु मर्कामा परेका छन् ।

बिबिएका विद्यार्थीहरुको आन्दोलन जायज भएको बताउँदै उक्त आन्दोलनमा नेबिसंघका रोशन सिंह, अनेरास्ववीयू ठाकुर राम क्यामपसका अध्यक्ष संदिप विक्रम साह लगायतकाले पनि समर्थन जनाएका थिए ।

आन्दोलित विधार्थीहरुसंग निमित क्यामपस प्रमुख सरेश कुश्वाहाले बुधबारसम्म समस्या सामाधानको लागि पहल गर्न समय लिनु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...