Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बिबिए भवन खोई ? भन्दै बिधार्थी आन्दोलित

spot_img
spot_img

वीरगंज । ठाकुराम बहुमुखी क्याम्पस वीरगंजको बिबिए संकायमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् ।

विद्यार्थीहरुले फाइट टुडे फर बेटर टुमारो, बिबिए भवन खोई ?, बिबिए प्रशासनको लापरवाही हाम्रो कारवाही, हामीलाई गधा बनाउन छोडेर बिबिएको नयाँ भवन बनाउनुहोस्, हरेक विद्यार्थीको ३ लाख १९ हजार कसको गोजीमा ?, कुम्भकरण ज्युहरु उठ्नुहोस् युद्धको समय भयो लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर शुक्रबार क्यामपस परिसरमै धर्नामा बसी बिरोध प्रदर्शन गरेका थिए ।

विगत लामो समयदेखी बिबिएको भवन नहुँदा विद्यार्थीहरुलाई समस्या हुने गरेको छ । २०७१ सालमै बिबिएको ६ कोठे भवन निर्माण गर्न ठेक्का भएपनि निर्माण कार्य हालसम्म सम्पन्न भएको छैन् । ठेक्कादार कम्पनीले २०७६ सालमै निर्माण कार्य सम्पन्न गर्नु पर्नेमा हालसम्म नगरेको कारण विधार्थीहरु मर्कामा परेका छन् ।

बिबिएका विद्यार्थीहरुको आन्दोलन जायज भएको बताउँदै उक्त आन्दोलनमा नेबिसंघका रोशन सिंह, अनेरास्ववीयू ठाकुर राम क्यामपसका अध्यक्ष संदिप विक्रम साह लगायतकाले पनि समर्थन जनाएका थिए ।

आन्दोलित विधार्थीहरुसंग निमित क्यामपस प्रमुख सरेश कुश्वाहाले बुधबारसम्म समस्या सामाधानको लागि पहल गर्न समय लिनु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...