Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

नेपाली युवा उद्यमी मञ्च (एनवाईएएफ) वीरगञ्ज गठन, अध्यक्षमा अग्रवाल चयन

spot_img
spot_img

वीरगंज । सकारात्मक व्यवसायिक सोच र दृष्टिकोणलाई सशक्तिकरण गरेर युवा उद्यमीहरुको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेप्लिज युथ एन्टप्रेनियर्स फोरम ९एनवाईईएफ० अर्थात नेपाली युवा उद्यमी फोरम वीरगञ्ज च्याप्टरको इन्डक्सन र इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्जस्थति भिस्वा होटलमा शुक्रबार आयोजित एक कार्यक्रम विच पुनः स्थापित नेप्लिज युथ एन्टप्रेनियर्स फोरम ९एनवाईईएफ० वीरगञ्ज च्याप्टरको इन्डक्सन र इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा युवा उद्यमी अनुप अग्रवालको अध्यक्षतामा गठित कार्यसमितिका सदस्यहरुलाई एनवाईएएफको नेशनल गभरनिङ्ग काउन्सिलका पदाधिकारीहरुले पिन लगाएर इन्डक्सन गरेका थिए । अग्रवालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा राकेश साह र त्तिया उपाध्यक्षमा सन्दीप अग्रवाल रहेका छन् ।

नयाँ कार्यसमितिको सदस्यहरुमा संस्थापक अध्यक्ष अरविन्द्र बहादुर अमात्य, विश्वाश प्रताप साह, काजल सिंह, अक्षत साह, विकाश ठाकुर, मनिषा सुनुवार श्रेष्ठ, सङ्कल्प शाक्य र पंकज अग्रवाल रहेका छन् ।

इन्डक्सन पश्चात फोरमका पूर्व कार्यसमिति सदस्यहरुका लागि आयोजित इन्स्टलेसन कार्यक्रममा बोल्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले एनवाईएएप वीरगञ्ज च्याप्टरको कार्यालय सञ्चालनका लागी उद्योग वाणिज्य संघको भवनमा एउटा कोठा दिने उद्घोष गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहनुभएका केडियाले सक्रिय युवाहरुको समुहले उद्यमशिलतालाई आधुनिक एवम् परिस्कृत रुपमा अंगाल्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै सिर्जनशिल तथा नयाँ पिढिका युवाहरुलाई उद्यम तथा व्यावसायतर्फ आकर्षित गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी एनवाईएएफको नेशनल गभरनिङ्ग काउन्सिलका अध्यक्ष प्रकाश देव पालिकेले देशकै आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्जमा यस समुहको भुमिका महत्वपुर्ण हुने बताउँदै आफ्नो भुमिकालाई जिम्मेवारीपुर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै वीरगञ्ज च्याप्टर देशकै उत्कृष्ट च्याप्टर भएको हेर्ने आफ्नो सपनालाई साकार रुप दिन पनि नवनियुक्त पदाधिकारीहरुलाई शुभकामना दिनुभयो । संस्थाका संस्थापक अध्यक्ष अरविन्द्र बहादुर अमात्यले आफ्नो पालामा हुन नसकेका कार्यहरुलाई अहिलेका सक्रिय युवाहरुको समुहले गर्ने र सकरात्मक तरिकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

देश हाँक्ने क्षमता बोकेका युवाहरुले उत्पादक तथा आविस्कार जस्ता कुराहरुलाई मध्यनजर गर्दै आत्मनिर्भर र स्वालम्बी बनाउनुपर्ने धारणा राख्नुभयो । संस्थाका नवनिर्वाचित अध्यक्ष अनुप अग्रवालले संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गरेकोमा खुशी महसुस गर्दै सोचेभन्दा पनि राम्रो टिम पाएको बताउनुभयो । उहाँले वीरगञ्ज च्याप्टरबाट युवा उद्यमीहरुले हरेक सहयोग पाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अग्रवालले वीरगञ्ज च्याप्टरलाई यहाँका उद्योगी, व्यावसायीहरुले सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य सुवोधकुमार गुप्ता, गोपाल केडिया, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का नव निर्वाचित अध्यक्ष गणेश लाठ, कार्यकारिणी समितिका सदस्य अशोक कुमार टेमानी, प्रदीप केडियालाई सम्मानित गरिएको प्रथम उपाध्यक्ष राकेश साहले गर्नुभएको थियो ।

कार्यक्रममा प्रथम उपाध्यक्ष उदिप श्रेष्ठ, कार्यसमिति सदस्य सुमोद मान सेंजु, रुपन्देही च्याप्टरका कार्यसमिती सदस्य प्रतीक कसा, वीरगञ्ज उद्योग वाण्ज्यि संघका पूर्व अध्यक्ष अशोक टेमानी, प्रदिप केडिया, महासचिब माधव राजपाल, कोषाध्यक्ष रविन्द्र बरणवाल, एनवाईएएफका पूर्व पदाधिकारीहरु, उद्योगी, व्यावसायी, शैक्षिक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्धिजिवि लगायतको उपस्थिती रहेको थियो । संस्थाका द्वितीय उपाध्यक्ष सन्दीप अग्रवालले समापन मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण विश्वास प्रताप साहले गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...