Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पकाहामैनपुरमा संसारी माई मन्दिरको शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको पाकहा मैनपुर गाउँपलिकामा वार्ड नं ४ खेश्रहास्थित संसारी माई मन्दिर निर्माणको लागि एक कार्यक्रमको बिच शुक्रबार शिलान्यास गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विघठित प्रतिनिधी सभा सदस्य लक्ष्मण लाल कर्णले् बिधवत रुपमा पुजापाठ गरि मन्दिरको शिलान्यास गरेका थिए । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाखको लागतमा मन्दिर निर्माण हुन लागेको हो ।

जनता समाजवादी पार्टी पकहा मैनपुर गाउँपालिका अध्यक्ष रामबाबु प्रसाद चौरसियाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी, जसपा केन्द्रिय रामचन्द्र पण्डित, शिवजी सोनी, पर्सा जिल्ला अधयक्ष जगदिश पटेल, जिल्ला सचिव राजेश साह, पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवी, जसपा गाउँपालिका अध्यक्ष बिनोद मेहता, वडाध्यक्ष ढेरी प्रसाद यादव लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन नवलकिसोर पटेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...