Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

प्रजातन्त्र दिवसकाे अवसरमा वीरगंजमा दिप प्रजवलन

spot_img
spot_img

वीरगंज । नेपाल विद्यार्थी (नेवि) संघ पर्साले ७१ औँ प्रजातन्त्र दिवशकाे अवसरमा शुक्रबार दिप प्रजवलन गरेकाे छ ।

वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसकाे मुल गेट अगाडी  भएको कार्यक्रममा वाेल्दै नेपाली काङ्ग्रेस पर्साकी सह सचिव किरण सरकारले वर्तमान सरकारले गरेको सांसद बिघटनकाे घोर आपत्ति जनाइन ।

उनले भनिन “प्रजातन्त्रकाे समाप्ति गर्ने योजना रहेको छ, त्यही याेजना अनुसार संसद विघटन गरिएकाे हाे । नेपाली काङ्ग्रेसका मेरुदण्ड नेवि संघ हो र प्रजातन्त्रकाे रक्षाकाे लागि फेरी आन्दाेलन गर्नु पर्ने सम्भावना रहेकाेले तयार रहनु पर्छ ।”

जिल्ला सदस्य वैकुण्ठ श्रीवास्तवले बिरशहिद कै कारण प्रजातंत्र आएको वताउदै यसलाई खतम पर्ने खेल भइरहेकाे हुँदा हामीले बचाउनको लागि सडक संघर्षमा  जानु पर्ने वताए ।

नेवि संघ पर्साका उपसभापति जितेन्द्र मिश्राकाे अध्यक्षतमा भएकाे दिप प्रजवलन  कार्यक्रममा नेवि संघ पर्साका सह सचिव इन्द्रसान यादव, राजकिशोर राज भर, पर्सागढीका अध्यक्ष मञ्जिव मिश्रा, बिधार्थी नेता सुधिर प्रजापति लगायतकाले मन्तब्य राखेका थिए भने कार्यक्रमकाे सञ्चालन अर्जुन शाहले गरेका थिए ।

कार्यक्रममा नेवि संघका जिल्ला सदस्य आदित्य साह, अमित सराफ, प्रशान्त कलवार, शुभम सिंह, राजु पटेल, निरज यादव, दीपक पटेल, राजु पटेल, सोनु पटेल लगायतका उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...