Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्साकाे ३२ वटा वडामा नेपाली कांग्रेसकाे पार्टी कार्यालय संचालन

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका ३२ वटै वडामा आजदेखी नेपाली कांग्रेसकाे वडा कार्यालय संचालनमा आएकाे छ ।

प्रजातन्त्र दिवसकाे अवसरमा क्षेत्र अन्तर्गतका कालिकामाई, धाेबिनी, छिपहरमाई, जगरनाथपुर, जिराभवानी, ठाेरी गाउँपालिकाकाे वडाहरुमा नेपाली कांग्रेसकाे पार्टी कार्याल संचालनमा आएकाे क्षेत्रिय सचिव श्रीकान्त यादवले वताए ।

कालिकामाई गाउँपालिका वडा नं. १ काे मुडलीमा संचालनमा आएकाे पार्टी कार्यालयकाे उद्घाटन गाउँपालिका संयाेजक राजिन्द्र कुमार कुर्मीले गरेका थिए ।

त्यसैगरी, कालिकामाई गाउँपालिकाकाे वडा नं. २ काे भेडिहारी, वडा नं. ३ काे हरिहरपुर, वडा नं. ४ काे बलुवा र वडा नं. ५ काे बिरन्चीबर्वामा पार्टी कार्यालय संचालनमा आएकाे छठु साहले जानकारी गराए ।

त्यसैगरी धाेबिनी गाउँपालिकाकाे अन्तर्गतकाे ५ वटै वडामा संचालनमा आएकाे पार्टी कार्यालयकाे उद्घाट महासमिति सदस्य बशिष्ठनारायण कुर्मीले गरेका थिए । वडा नं. १ काे पिपरा, वडा नं. २ काे आसवारी, वडा नं.  ३ काे हरिहरपुर, वडा नं. ४ काे लङगड र वडा नं. ५ काे धोबिनिमा पार्टीकाे वडा कार्यालय संचालनमा आएकाे क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

त्यसैगरी, छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुरमा संचालनमा आएकाे वडा कार्यालयकाे उद्घाटन क्षेत्रिय सभापति रमेश पाण्डेले गरेका थिए ।

वडा नं. ५ भिस्वामा संचालनमा आएकाे पार्टी कार्यालयकाे उद्घाटन जिल्ला सचिव किशाेरी साहले गरेका थिए । 

वडा समितिका सभापति धुरेन्द्र साहकाे सभापतित्वमा भएकाे पार्टी कार्यालय उद्घाटन कार्यक्रममा महासमिति सदस्य बिरेन्द्र यादव, क्षेत्रिय सभापति रमेश पाण्डे, जिल्ला सदस्य रामेश्वर महताे, बिरेन्द्र महताे, सुरेश कुशवाहा, उदेश पटेल, बिरेन्द्र पटेल, किशाेर जयसवाल, जयमंगल प्रसाद कुशवाहा, सागर मियाँ, मुक्ति पसवान, सुरेन्द्र जयसवाल, उमेश पटेल, विश्वनाथ साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

त्यसैगरी, जगरनाथपुर गाउँपालिकामा संचालनमा आएकाे वडा कार्यालयकाे उद्घाटन महासमिति सदस्य रामदेव चाैहान, जिराभावानी गाउँपालिका अन्तर्गतका पार्टी कार्यालयकाे उद्घाटन प्रदेश सभा सदस्य शंकर चाैधरी र ठाेरी गाउँपालिका अन्तर्गतकाे पार्टीकाे वडा कार्यालयकाे उद्घाटन महासमिति सदस्य बृहस्तपी श्रेष्ठले गर्नु भएकाे क्षेत्रिय सचिव यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...