Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पर्साकाे ३२ वटा वडामा नेपाली कांग्रेसकाे पार्टी कार्यालय संचालन

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका ३२ वटै वडामा आजदेखी नेपाली कांग्रेसकाे वडा कार्यालय संचालनमा आएकाे छ ।

प्रजातन्त्र दिवसकाे अवसरमा क्षेत्र अन्तर्गतका कालिकामाई, धाेबिनी, छिपहरमाई, जगरनाथपुर, जिराभवानी, ठाेरी गाउँपालिकाकाे वडाहरुमा नेपाली कांग्रेसकाे पार्टी कार्याल संचालनमा आएकाे क्षेत्रिय सचिव श्रीकान्त यादवले वताए ।

कालिकामाई गाउँपालिका वडा नं. १ काे मुडलीमा संचालनमा आएकाे पार्टी कार्यालयकाे उद्घाटन गाउँपालिका संयाेजक राजिन्द्र कुमार कुर्मीले गरेका थिए ।

त्यसैगरी, कालिकामाई गाउँपालिकाकाे वडा नं. २ काे भेडिहारी, वडा नं. ३ काे हरिहरपुर, वडा नं. ४ काे बलुवा र वडा नं. ५ काे बिरन्चीबर्वामा पार्टी कार्यालय संचालनमा आएकाे छठु साहले जानकारी गराए ।

त्यसैगरी धाेबिनी गाउँपालिकाकाे अन्तर्गतकाे ५ वटै वडामा संचालनमा आएकाे पार्टी कार्यालयकाे उद्घाट महासमिति सदस्य बशिष्ठनारायण कुर्मीले गरेका थिए । वडा नं. १ काे पिपरा, वडा नं. २ काे आसवारी, वडा नं.  ३ काे हरिहरपुर, वडा नं. ४ काे लङगड र वडा नं. ५ काे धोबिनिमा पार्टीकाे वडा कार्यालय संचालनमा आएकाे क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

त्यसैगरी, छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुरमा संचालनमा आएकाे वडा कार्यालयकाे उद्घाटन क्षेत्रिय सभापति रमेश पाण्डेले गरेका थिए ।

वडा नं. ५ भिस्वामा संचालनमा आएकाे पार्टी कार्यालयकाे उद्घाटन जिल्ला सचिव किशाेरी साहले गरेका थिए । 

वडा समितिका सभापति धुरेन्द्र साहकाे सभापतित्वमा भएकाे पार्टी कार्यालय उद्घाटन कार्यक्रममा महासमिति सदस्य बिरेन्द्र यादव, क्षेत्रिय सभापति रमेश पाण्डे, जिल्ला सदस्य रामेश्वर महताे, बिरेन्द्र महताे, सुरेश कुशवाहा, उदेश पटेल, बिरेन्द्र पटेल, किशाेर जयसवाल, जयमंगल प्रसाद कुशवाहा, सागर मियाँ, मुक्ति पसवान, सुरेन्द्र जयसवाल, उमेश पटेल, विश्वनाथ साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

त्यसैगरी, जगरनाथपुर गाउँपालिकामा संचालनमा आएकाे वडा कार्यालयकाे उद्घाटन महासमिति सदस्य रामदेव चाैहान, जिराभावानी गाउँपालिका अन्तर्गतका पार्टी कार्यालयकाे उद्घाटन प्रदेश सभा सदस्य शंकर चाैधरी र ठाेरी गाउँपालिका अन्तर्गतकाे पार्टीकाे वडा कार्यालयकाे उद्घाटन महासमिति सदस्य बृहस्तपी श्रेष्ठले गर्नु भएकाे क्षेत्रिय सचिव यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...