Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

मन्त्री साहद्वारा सडक उद्घाटन र पुलकाे शिलान्यास

spot_img
spot_img
राैतहट । शहरी बिकास मन्त्री प्रभु साहले बिहिबार बाल्चनपुर – जंगलसैया सडक र परसवा-पल्टुवा-खत्वैया सडकको समुद्घाटन तथा गुजरा नदी पुलको शिलान्यास गरेका छन् । 
 
साे अवसरमा बाेल्दै मन्त्री साहले आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न पाउँदा खुशी लागेको वताए । उनले भने “लामो समयदेखि सास्ती झेल्दै आएका गुजरावासीले सडक पूर्वाधार मात्र पाएको छैन, राष्ट्रिय राजमार्गमा जोडिने अवसरसमेत प्राप्त गरेका छन् ।”
 
नेकपा प्रदेश नं. २ का अध्यक्ष समेत रहेका  मन्त्री साहले गुजरासहित आसपासको क्षेत्रको आर्थिक कनेक्टिभिटीलाई झनै बलियो बनाउने निश्चित भएकाे वताए ।
 
गुजरा नदीको पुल शिलान्यास गर्दै उनले समय मै निर्माण कार्य सम्पन्न गराउन गुजरावासीले निर्माण पक्षलाई दबाबसहितको सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
 
साे अवसरमा कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, माैलापुर नगरपालिकाकी मेयर रिना साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...