Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

मन्त्री साहद्वारा सडक उद्घाटन र पुलकाे शिलान्यास

spot_img
spot_img
राैतहट । शहरी बिकास मन्त्री प्रभु साहले बिहिबार बाल्चनपुर – जंगलसैया सडक र परसवा-पल्टुवा-खत्वैया सडकको समुद्घाटन तथा गुजरा नदी पुलको शिलान्यास गरेका छन् । 
 
साे अवसरमा बाेल्दै मन्त्री साहले आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न पाउँदा खुशी लागेको वताए । उनले भने “लामो समयदेखि सास्ती झेल्दै आएका गुजरावासीले सडक पूर्वाधार मात्र पाएको छैन, राष्ट्रिय राजमार्गमा जोडिने अवसरसमेत प्राप्त गरेका छन् ।”
 
नेकपा प्रदेश नं. २ का अध्यक्ष समेत रहेका  मन्त्री साहले गुजरासहित आसपासको क्षेत्रको आर्थिक कनेक्टिभिटीलाई झनै बलियो बनाउने निश्चित भएकाे वताए ।
 
गुजरा नदीको पुल शिलान्यास गर्दै उनले समय मै निर्माण कार्य सम्पन्न गराउन गुजरावासीले निर्माण पक्षलाई दबाबसहितको सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
 
साे अवसरमा कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, माैलापुर नगरपालिकाकी मेयर रिना साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...