Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठाकुर राम क्याम्पस प्रमुखकाे कार्यकक्षमा नेवि संघद्वारा तालबन्दी

spot_img
spot_img

वीरगञ्ज । नेपाल विद्यार्थी (नेवि) संघ ठाकुराम क्याम्पस एकाई समितिले बिहिबार ठाकुर राम बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । 

क्याम्पस भित्रका सबै बेथितिहरुको अन्त्य गर्न, उच्च शिक्षाको गुणस्तर वृद्धि गर्न र प्राज्ञिक मर्यादा कायम गराउनका निम्ति शैक्षिक सवाल र विद्यार्थी हकहितसंग सम्बन्धित महत्वपूर्ण विषयलाई गम्भीर रुपमा लिदै उल्लेखित विगतकै ११ सुत्रिय माग राखी क्याम्पस प्रमखको कार्यकक्षमा तालाबन्दी गरिएकाे नेवि संघका नेता शेष हजाराले वताए । 

संघले शिक्षक कर्मचारीको शिफ्टअन’सारको पारिश्रमिक, दोहोरो नियुक्ति तलब, छात्रवृत्तिको रकम भुक्तानी, छात्रवृत्तिको लागी अन्तर्वाता भइसेको नजिता प्रकाशन, नयाँ सेलेवसअनुसार पुस्तकको व्यवस्थापन लगायतका ११ बुँदे माग राखेर तालाबन्दी गरिएकाे उनले जानकारी दिए ।

नेवि संघसंग कार्तिक २८ गते विभिन्न १४ सुत्रिय मागहरु सम्बोधन गर्ने विषयमा वार्ता भएको थियो । आंशिक शिक्षकहरुको समस्याको समाधान भएपनि अरु मागहरुको वेवास्ता गरिएको भन्दै दबावस्वरुप क्याम्पस प्रमुखको कार्यकक्षमा साङ्केतिक तालाबन्दी गरिएको एकाई कमिटिका अध्यक्ष मनोज कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख  छ ।

तालाबन्दी गर्नु अघि निमित क्याम्पस प्रमुख सुरेश कुशवाहालाई संघले ११ बुंदे मागसहितकाे ज्ञापन पत्र बुझाएकाे थियाे ।  

ज्ञापन पत्र मार्फत बाँकी रहेका मागहरु पुरा गर्न तथा क्याम्पस प्रशासनका बेथितीहरु सच्याउन र समस्याहरुको समाधान गर्न  माग पनि गरिएकाे छ । मागहरुको यथाशिघ्र सम्बोधन नभए थप सशक्त रुपमा आन्दोलन गर्ने संघले चेतावनी समेत दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...