Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

ठाकुर राम क्याम्पस प्रमुखकाे कार्यकक्षमा नेवि संघद्वारा तालबन्दी

spot_img
spot_img

वीरगञ्ज । नेपाल विद्यार्थी (नेवि) संघ ठाकुराम क्याम्पस एकाई समितिले बिहिबार ठाकुर राम बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । 

क्याम्पस भित्रका सबै बेथितिहरुको अन्त्य गर्न, उच्च शिक्षाको गुणस्तर वृद्धि गर्न र प्राज्ञिक मर्यादा कायम गराउनका निम्ति शैक्षिक सवाल र विद्यार्थी हकहितसंग सम्बन्धित महत्वपूर्ण विषयलाई गम्भीर रुपमा लिदै उल्लेखित विगतकै ११ सुत्रिय माग राखी क्याम्पस प्रमखको कार्यकक्षमा तालाबन्दी गरिएकाे नेवि संघका नेता शेष हजाराले वताए । 

संघले शिक्षक कर्मचारीको शिफ्टअन’सारको पारिश्रमिक, दोहोरो नियुक्ति तलब, छात्रवृत्तिको रकम भुक्तानी, छात्रवृत्तिको लागी अन्तर्वाता भइसेको नजिता प्रकाशन, नयाँ सेलेवसअनुसार पुस्तकको व्यवस्थापन लगायतका ११ बुँदे माग राखेर तालाबन्दी गरिएकाे उनले जानकारी दिए ।

नेवि संघसंग कार्तिक २८ गते विभिन्न १४ सुत्रिय मागहरु सम्बोधन गर्ने विषयमा वार्ता भएको थियो । आंशिक शिक्षकहरुको समस्याको समाधान भएपनि अरु मागहरुको वेवास्ता गरिएको भन्दै दबावस्वरुप क्याम्पस प्रमुखको कार्यकक्षमा साङ्केतिक तालाबन्दी गरिएको एकाई कमिटिका अध्यक्ष मनोज कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख  छ ।

तालाबन्दी गर्नु अघि निमित क्याम्पस प्रमुख सुरेश कुशवाहालाई संघले ११ बुंदे मागसहितकाे ज्ञापन पत्र बुझाएकाे थियाे ।  

ज्ञापन पत्र मार्फत बाँकी रहेका मागहरु पुरा गर्न तथा क्याम्पस प्रशासनका बेथितीहरु सच्याउन र समस्याहरुको समाधान गर्न  माग पनि गरिएकाे छ । मागहरुको यथाशिघ्र सम्बोधन नभए थप सशक्त रुपमा आन्दोलन गर्ने संघले चेतावनी समेत दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...