Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

किशनकाे उपचारकाे लागि सहयाेग रकम जुट्दै

spot_img
spot_img
वीरगंज । पर्साकाे पोखरिया नगरपालिका वडा न.६ श्रिसिया निवासी विपन्न परिवारका शम्भु हजरा दुशादको ६ वर्षिय छाेरा किशन कुमार पासवानकाे उपचारकाे लागि सहयाेग रकम जुटन थालेकाे छ ।
 
मृगौलामा समस्या देखिएकाे बालककाे काठमाडौंस्थित कान्ति बाल अस्पतालको बेड नं.१५५ मा उपचार भइरहेकाे छ । गरिब र विपन्न परिवारका ति बालककाे उपचारकाे लागि हाल सम्म कूल रु. ६२ हजार ४ सय २६ सहयाेग रकम संकलन भएकाे पाेखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्राले जानकारी दिए । 
 
उनका अनुसार पोखरिया युवा समाजकाे पहलमा हाल सम्म वीरगंज माइस्थानका अजय सर्राफ ५ हजार, तबरेज देवान ५ हजार, श्रीसियाका परमेश्वर गिरी ५ हजार ४ सय १५, पाेखरियाका राजकिशोर रौनियारले ३ हजार, जस्टीन श्रेष्ठ ३ हजार, आलाेक मिश्रा, पाेखरियाका अमित श्रिवास्तव,  अभास राैनियार, डा. अशाेक राज ठाकुर, बनकटवाका विजय सिंह चौहान २/२ हजार, रामगढवा असलम अंसारी एक हजार ५ सय, मानिपुरका दिलिप पाडेंले एक हजार एक सय, धामु शर्मा एक हजार एक सय, रामनाथ चाैरसिया एक हजार ५१ सहयाेग गरेका छन् ।
 
त्यसैगरी, वीरगंज राधेमाईका दिपेश कार्की, अरुण शुक्ला, राधेश्याम शर्मा, बसन्तपुरका रामनाथ चाैरसिया, बनकटवाका शेषमन पटेल, नारायणी सिमेन्टका बलिराम यादव, बिरन्चीबर्वाका तेजेन्द्र माली, मनिभुषण महताे, प्रदिप राउत, विजय यादव, दिपेश शर्मा जबरा जयराम पटेलले रु एक/एक हजार सहयाेग गरेका छन् ।
 
यस्तै, एक दर्जन भन्दा बढीले पनि रु ५ सय र साे भन्दा कम सहयाेग गरेका छन् । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...