Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कर्मचारीलाई काम गर्न नदिने कालिकामाईमा गैर कर्मचारीबाट सेवा प्रवाह

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा गैर कर्मचारीबाट सेवा प्रवाह भइरहेकाे पाइएकाे छ । गाउँपालिकाकाे सेवा इकाईबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता अनलाइन अपडेट गर्ने काम गैर कर्मचारीले गरिरहेकाे फेला परेकाे हाे । 

एमआइएस अपरेटरले गर्नु पर्ने काम जनप्रतिनिधिकाे माैखिक न्युक्तिकाे आधारमा पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. २ सुर्जाहाका सुनिल पटेल भनिने बृजनन्दन पटेलले गरिरहेका छन् । कर्मचारी स्राेतका अनुसार गाउँपालिकाकाे जनप्रतिनिधि मध्येका एक वडाध्यक्षले उनलाई माैखिक न्युक्ति दिएका छन् ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागकाे निर्देशन नमानेका गाउँपालिकाले सेवा प्रवाहकाे लागि मनपरी तरिकाले गैर कर्मचारीकाे प्रयाेग गरेकाे छ ।

विभागले दिएकाे एमआइएस अपरेटर र फिल्ड सहायककाे म्याद थप गर्नु पर्ने निर्देशनकाे पालना नगरेकाे गाउँपालिकाले सेवा प्रवाहकाे लागि गैर कर्मचारीकाे प्रयाेग गरेकाे हाे । यसले विभागकाे निर्देशनपछि उच्च अदालतले गरेकाे आदेशकाे पनि अवहेलना भएकाे छ ।

उच्च अदालत जनकपुर अस्थाई इजलाश वीरगंजले एमआइएस अपरेटर लक्ष्मण साहलाई हाजिर गराई काम गर्न दिन माघ १९ गते गाउँपालिकाकाे नाममा अन्तरिम आदेश समेत जारी गरेकाे थियाे । साे आदेश अनुसार माघ २६ गतेदेखी गाउँपालिकाले एमआइएस अपरेटर साहलाई छुट्टै रजिस्टरमा हाजिरी गर्न दिए पनि काम गर्न दिएकाे छैन् । 

तर एमआइएस अपरेटरले गर्नु पर्ने काम गैर कर्मचारीबाट गाउँपालिकाले गराइरहेकाे फेला पर्दा गाउँवासी अच्चमित भएका छन् ।

एमआइएस अपरेटरले गर्नु पर्ने काम गरिरहेकाे सुनिलले आफुलाई गाउँपालिकाले भनेकाे आधारमा काम गरिरहेकाे वताए । उनले आफुले एक महिनादेखी गाउँपालिकामा काम गरिरहेकाे वताए । 

उनले आफुलाई गाउँपालिकाले न्युक्ति नदिए पनि भनेकाे आधारमा काम गरिरहेकाे स्विकार समेत गरे । उनले सहायक कम्प्युटर अपरेटरमा पदमा काम गरिरहेकाे वताए ।

तर गाउँपालिकाकाे सूचना अधिकारी अमित चाैरसियाले उनीसंग दैनिक ज्यालादारीमा गाउँपालिकाले काम गराएकाे वताए ।  अधिकारी चाैरसियाले भने “३/४ दिनदेखी व्यक्तिगत घटना दर्ताकाे काम राेकिएपछि ५ दिनकाे लागि उनलाई दैनिक ज्यालादारी नियुक्त गरि काम गराइएकाे हाे ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...