Date
शुक्र, असार २६, २०८३
Fri, July 10, 2026

वीरगञ्जमा निर्मित शहीद स्मारक अनावरण फागुन ८ गते हुने

spot_img
spot_img

वीरगञ्ज । वीरगंजकाे घण्टाघरमा निर्मित शहीद स्मार्ककाे अनावरण फागुन ८ गते हुने भएकाे छ । जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा मंगलबार बसेकाे जनता समाजवादी पार्टी पर्सा क्षेत्र नं. १ काे बैठकले फागुन ८ गते एक औपचारिक कार्यक्रमका विच शहीद स्मारकको अनावरण गर्ने निर्णय गरेकाे हाे ।

वीरगञ्ज महानगरपालिकाको मूख्य चोक घण्टाघर नजिकै निर्मित मधेस आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुको योगदानलाई कदर गर्दै उनीहरुको सम्झनामा शहीद स्मारक निर्माण गरिएकाे वताइएकाे छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको संयुक्त लगानीमा स्मारकको निर्माण गरिएको जनाइएकाे छ ।

विक्रम सम्वत् २०७२ मा भएको तेस्रो मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका ८ जना शहीदहरुको सम्झनामा स्मारक र शालिक निर्माण गर्न ४८ लाख रुपैयाँ खर्च गरिएको छ ।

स्मारक निर्माणका लागि सांसद् यादवले आफ्नो संसदीय विकास कोषबाट २८ लाख रुपैयाँ र नगरप्रमुख सरावगीले महानगरबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको संसदीय प्रतिनिधि घनश्याम यादवले जानकारी दिए ।

स्मारकको विघटित प्रतिनिधि सभाका सांसद् यादव र नगरप्रमुख सरावगीले संयुक्त रुपमा अनावरण गर्ने प्रतिनिधि यादवले बताए ।

संविधान घोषणा विरुद्ध विक्रम सम्वत् २०७२ मा भएको तेस्रो मधेस जन आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सोहन साह कलवार, दिलिप चौरसिया, दिनानाथ साह गोढ, धर्मराज सिंह राजपुत, जय प्रकाश साह, सत्रुधन पटेल र आशिष रामको स्मारकमा शालिक निर्माण गरिएको छ । उनीहरुमध्ये आशिष राम भारतीय नागरिक हुन् । वीरगञ्जबाट सिमावर्ती भारतीय शहर रक्सौल जाने क्रममा उनको शंकराचार्यद्वार नजिकै प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

बैठकले अनावरण कार्यक्रमका लागि प्रदेशसभा सदस्य जनत अन्सारीको संयोजकत्वमा ५१ सदस्यीय मुल तयारी समिति गठन गरेको छ । त्यसैगरी समाजवादी विद्यार्थी युनियनका पर्सा जिल्ला अध्यक्ष एजाजबाबु रांकीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै सांसद् यादवले वीर शहीदहरुको रगतले प्राप्त भएको आन्दोलनका उपलब्धी अहिले धरापमा परेको बताउँदै दु:ख व्यक्त गरेका थिए ।

देशको विषम राजनितिक अवस्था देखेर शहीदहरुको सपनाले सार्थकता पाउँनेमा आशंका व्यक्त गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका यादवले शहीदका परिवार तथा आन्दोलनका घाइतेहरुको व्यवस्थापन गर्न सरकारले तदारुकता नदेखाएको आरोप लगाए ।

बैठकमा प्रदेशसभा सदस्य करिमा बेगम, जसपा पर्साका उपाध्यक्ष बासुदेव यादव, पर्सा क्षेत्र नम्बर १ भित्र पर्ने १९ वटा वडाका इकाई अध्यक्ष, क्षेत्र नम्बर १ का जिल्ला सदस्य, विगतमा निर्वाचन लडेका अगुवा कार्यकर्ता लगायतको उपस्थिती रहेको सचिब अहमदले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाईमा कर्मचारी आन्दोलन जारी, शुक्रबारदेखि विद्यालय र स्वास्थ्य सेवा सञ्चालन हुने

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीले तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्...

जेठकाे तलब पठाउने सहमतिपछि वीरगंज महानगरका कर्मचारीको आन्दोलन स्थगित

वीरगंज । बाँकी रहेको दुई महिनाकाे तलब भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका वीरगंज महानगरपालिकाका कर्मचारीले एक महिनाको तलब तत्काल उपलब्ध गराउने सहमतिपछि आफ्नो आन्दोलन...

पोखरिया नगरपालिकाका दुई कर्मचारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष...