Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीमा बिऊ श्रोत केन्द्र स्थापनाको लागि शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिका-१ बसवरियामा बिऊ श्रोत केन्द्र स्थापनाका लागी एक कार्यक्रमका बिच मंगलबार श्रीपन्चमिको शुभ अवसर पारि शिलान्यास भएको छ । स्थानीय श्री सेतो गुराँस कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा बिऊ श्रोत केन्द्र स्थापनाका लागि शिलान्यास भएको हो ।

बिऊ श्रोत केन्द्रको शिलान्यास पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव र प्रधानमन्त्री आधुनिकीकरण कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय पर्साका प्रमुख वरिष्ठ कृषि अधिकृत रोसन अधिकारीले संयुक्त रूपमा गरेका थिए ।

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै पर्सागढी नगरपालिकाका मेयर यादवले जिल्लाको मुख्य खेतीको रुपमा रहेको धान, गहु र मसुरो बिउको श्रोत केन्द्र स्थापनाका लागी नगर निकै संवेदनशिल रहेको हुदा आज त्यसले पुर्णता समेत पाएको वताए । भवन निर्माण पश्चात्का अन्य औजार उपकरणको ब्यवस्थापन तथा सहयोगमा समेत नगरपालिकाका अग्रज भुमिकामा रहने उनले प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर यादवले पर्सागढीमा बिउ श्रोत केन्द्रको स्थापनाले सदरमुकाम सहित अन्य ठाँउका बिउ केन्द्रमा धाउने कार्यको अन्त हुने विश्वास व्यक्त गरे ।

धान, गहु, मसुरोको बिऊ श्रोत केन्द्रको निर्माणकाे कुल लागत ३८ लाख २६ हजार रहेकाे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय पर्साले जनाएको छ ।

जसमध्ये पर्सागढी नगरपालिकाको १० प्रतिशत, प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना इकाई कार्यालय पर्साको ८५ प्रतिशत लागत अनुदान सहयोग र सेतो गुराँस कृषि सहकारी संस्था लिमिटेडको ५ प्रतिशतको लगानी रहेको पर्सागढि नगरपालिकाका सहकारी शाखा प्रमुख समेत रहेका नगर प्रमुखकाे सचिवालय प्रमुख गिरि राज कडेलले बताए ।

बिऊ श्रोत केन्द्रको क्षमता २० देखी २५ मेट्रिक टन रहेको सहकारी संस्थाका काेषाध्यक्ष तथा कार्यक्रम संचालक निर्भय कुमार पटेलले जानकारी गराए ।

संस्थाका अध्यक्ष अनुरुद्ध प्रसादको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री आधुनकीकरण कृषि परियोजना कार्यान्वयन इकाई कार्यालय पर्साका लेखा प्रमुख राजेन्द्र कर्ण, वडाध्यक्ष तुलाराम महतो लगायत निर्बाचित जनप्रतिनिधि, शेयर सदस्य लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

नगरपालिका अन्तर्गतका कृषकहरुलाई लक्षित गरी बिऊ श्रोत केन्द्र स्थापनाकाे शिलान्यास भएकाे खबरले स्थानीय कृषकहरु हर्षित तथा नगर प्रमुखकाे प्रशंसा समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...