Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

कालिकामाईकाे माध्यमिक विद्यालयहरुलाई प्लस २ बनाउन ज्ञापन

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ स्थित रहेकाे श्री जनता माध्यमिक विद्यालयल मुडली र वडा नं. २ स्थित रहेकाे श्री सुकई साह माध्यमिक विद्यालय भेडिहारीलाई प्लस २ बनाउन माग गर्दै साेमबार स्थानियहरुले गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

ब्रिलिएन्ट युवा क्लब भेडिहारीकाे नेतृत्वमा गाउँ कार्यपालिकाकाे कार्यालय हरिपुर पुगेकाे स्थानियहरुकाे एक समुहले गाउँपालिका अन्तर्गतकाे दुई वटा माध्यमिक विद्यालयलाई प्लस २ बनाउन लगायतकाे ४ बुंदे माग राख्दै ज्ञापन पत्र बुझाएकाे हाे ।

गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह नभेटिएपछि प्रशासन शाखा प्रमुख राजु अधिकारीलाई ज्ञापन पत्र बुझाइएकाे स्थानिय इब्राहिम राउत गद्दीले वताए । 

बिगत २ बर्ष अगाडीदेखी स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबकाे अगुवाईमा माध्यमिक विद्यालयहरुमा कक्षा ११ र १२ थप गर्न संघर्ष समिति नै बनाएर संघर्ष गर्दै आएपनि हाल सम्म पालिकाले निर्णय गरी सम्बन्धित निकायमा सिफारिस नगरेका कारण साेमबार फेरी ज्ञापन पत्र बुझाइएकाे संघर्ष समितीका सदस्य समेत रहेकाे गद्दीले बताए ।

यसका साथै श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय कट्टी बलुवालाई माध्यमिक विद्यालय बनाउनु पर्ने, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गदियानी बन्द रहेकोमा पुन: संचालन गर्नु पर्ने, कालिकामाई गाउँपालिकाको शिक्षालाई गुणस्तरिय बनाउन विद्यालयमा आवश्यक शैक्षिक सामग्री, भौतिक संरचना निमार्ण गरी ब्यवस्थापनमा जोड दिनु पर्ने ४ वटा मांग राखि ज्ञापन पत्र बुझाईको ब्रिलिएन्ट युवा क्लबका काेषाध्यक्ष सदाम हुसेनले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै प्रशासन शाखा प्रमुख अधिकारीले ज्ञापन पत्र कार्यपालिकामा पेश गर्ने वताए ।

ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साहकाे नेतृत्वमा दर्जनौ स्थानिय गाउँवासीहरु ज्ञापन पत्र बुझाउन गाउँपालिकाको कार्यालय पुगेका थिए ।

सम्बन्धित वडाध्यक्षहरुले विद्यालयलाई प्लस २ बनाउन सिफारिस समेत गरिसकेता पनि हाल सम्म गाउँ कार्यपालिकाबाट निर्णय हुन नसक्दा माध्यमिक विद्यालयहरुकाे प्लस २ मा स्तराेनन्ती हुन सकेकाे छैन ।

गाउँपालिका भरीमा एउटा मात्र बिरन्चीबर्वास्थित कन्या माविमा प्लस २ संचालन हुदै आएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...