Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

परवानीपुरमा नेपाली कांग्रेसकाे बैठक सम्पन्न

spot_img
spot_img
परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा आज नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ ।
 
नेपाली कांग्रेसको केन्द्रिय कमिटीको निर्णय अनुसार फागुन ३ गते सोमबारका दिन ७७ वटै जिल्लामा सरकारको असंवैधानिक कदम विरुद्ध विरोध सभा गर्ने निर्णय भएकोले साेमबार हुने विरोध सभामा बढी भन्दा बढी सहभागिता जनाई कार्यक्रम सफल बनाउन बैठकले निर्णय गरेको छ ।
 
गाउँपालिका सभापति पुँदेव प्रसाद यादवको अध्यक्षमा बसेको बैठकमा महाधिवेशन प्रतिनिधि जगदिश साहको विशेष उपस्थति रहेको थियो ।
 
बैठकमा क्षेत्रीय कार्य समिति सदस्य रामबहादुर यादव, गाउँपालिका प्रत्यासी उमेद्वार लालबाबु यादव, पाँच वटै वडाका वडाध्यक्षहरु, युवा नेता प्रभु पटेल, लोहा सिघ, पूर्व गाविस अध्यक्ष योगिन्दर प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...