Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

दशौँ गोतामे पत्रकारिता पुरस्कार थापालाई

spot_img
spot_img

वीरगंज । दशौँ गोतामे पत्रकारिता पुरस्कारबाट कञ्चनपुरका पत्रकार चित्राङ्ग थापालाई सम्मान गरिएको छ । स्व गोपालचन्द्र गौतम प्रतिष्ठानले आइतबार एक कार्यक्रमकाे बिच पत्रकार थापालाई सम्मान गरेको हो ।

विगत तीन दशकभन्दा बढी समयदेखि सुदूरपश्चिममा रही सामुदायिक पत्रकारिताका माध्यमले राष्ट्रियरुपमै ख्याति कमाएका पत्रकार थापालाई एक तोला सुनको पदक र प्रमाणपत्रसहित वरिष्ठ समाज सेवी मुर्लीधर रुङ्गटाले सम्मानित गर्नुभयो ।

सम्मानित पत्रकार थापालाई पुरुस्कार वितरण गर्दै वरिष्ठ समाजसेवी रुङ्गटाले जनमुखी, विश्वश्नीय र निष्ठापूर्वक समाजको हितमा पत्रकारिता गर्ने थापालाई सम्मानित गरी आफु स्वयम् सम्मानित भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले जनमुखी पत्रकारिताले राष्ट्र र समाज दुवैलाई फाइदा पु¥याउने भएकाले त्यस बाटोमा सबै पत्रकार हिँड्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहलाई उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, नेपाली काँग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदी, निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वरिष्ठ पत्रकार चन्द्रकिशोर झाल गायतका वक्ताले पाँच दशक अगाडि न्यूनसाधन स्रोतकै आधारमा गोपालचन्द्र गौतमले निर्भिक जनताको पक्षमा पत्रकारिता गरेको चर्चा गर्नुभएको थियो ।

राजाको प्रत्यक्ष शासनकालमा खाइरहेको सरकारी जागिर छाडी प्रजातन्त्र र समाजवादको पक्षमा विगुल फुक्दै जनताका समस्यालाई तत्कालीन राज्यसत्तासम्मा पु¥याउन गोपालचन्द्र गौतमले खेलेको भूमिका अत्यन्त प्रशंसा योग्यता र सञ्चारकर्मीले अनुशरण गर्नेलायक भएको वक्ताले धारणा व्यक्त गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...