Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

दशौँ गोतामे पत्रकारिता पुरस्कार थापालाई

spot_img
spot_img

वीरगंज । दशौँ गोतामे पत्रकारिता पुरस्कारबाट कञ्चनपुरका पत्रकार चित्राङ्ग थापालाई सम्मान गरिएको छ । स्व गोपालचन्द्र गौतम प्रतिष्ठानले आइतबार एक कार्यक्रमकाे बिच पत्रकार थापालाई सम्मान गरेको हो ।

विगत तीन दशकभन्दा बढी समयदेखि सुदूरपश्चिममा रही सामुदायिक पत्रकारिताका माध्यमले राष्ट्रियरुपमै ख्याति कमाएका पत्रकार थापालाई एक तोला सुनको पदक र प्रमाणपत्रसहित वरिष्ठ समाज सेवी मुर्लीधर रुङ्गटाले सम्मानित गर्नुभयो ।

सम्मानित पत्रकार थापालाई पुरुस्कार वितरण गर्दै वरिष्ठ समाजसेवी रुङ्गटाले जनमुखी, विश्वश्नीय र निष्ठापूर्वक समाजको हितमा पत्रकारिता गर्ने थापालाई सम्मानित गरी आफु स्वयम् सम्मानित भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले जनमुखी पत्रकारिताले राष्ट्र र समाज दुवैलाई फाइदा पु¥याउने भएकाले त्यस बाटोमा सबै पत्रकार हिँड्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहलाई उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, नेपाली काँग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदी, निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वरिष्ठ पत्रकार चन्द्रकिशोर झाल गायतका वक्ताले पाँच दशक अगाडि न्यूनसाधन स्रोतकै आधारमा गोपालचन्द्र गौतमले निर्भिक जनताको पक्षमा पत्रकारिता गरेको चर्चा गर्नुभएको थियो ।

राजाको प्रत्यक्ष शासनकालमा खाइरहेको सरकारी जागिर छाडी प्रजातन्त्र र समाजवादको पक्षमा विगुल फुक्दै जनताका समस्यालाई तत्कालीन राज्यसत्तासम्मा पु¥याउन गोपालचन्द्र गौतमले खेलेको भूमिका अत्यन्त प्रशंसा योग्यता र सञ्चारकर्मीले अनुशरण गर्नेलायक भएको वक्ताले धारणा व्यक्त गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...