Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगञ्जमा शेयरसम्बन्धी आधारभूत तालीम सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । युवा उद्यमीहरूको पहलमा वीरगञ्जमा शेयर बजार सम्बन्धी आधारभूत तालीम सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज र प्रभु क्यापिटल लिमिटेडको संयुक्त आयोजनामा शनिबार शेयरसम्बन्धी तालीम भएको हो ।

लगानीको अवसरको खोजीमा रहेका युवाहरूलाई शेयर बजारको सम्भाव्यता बारेमा जानकारी दिने उद्देश्यले तालीम आयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए ।

वीरगञ्जका बिजनेश स्कुल र शेयर बजारमा रुची राख्ने लगानीकर्ता गरी २५० जना सहभागीलाई प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले शेयर बजारका बारेमा आधारभूत पक्षका बारेमा जानकारी दिएका थिए ।

तालीमको उद्घाटन समारोहका प्रुमख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारिणी समिति सदस्य अशोककुमार टेमानीले शेयर बजारका लगानीकर्ताले लगानीकोे प्रकृति र चुनौतीहरूलाई सुक्ष्म ढंगले विश्लेषण गर्नुपर्ने बताए ।

उहाँले कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था र पृष्ठभूमिका बारेमा पर्याप्त जानकारी राख्न लगानीकर्तालाई आग्रह पनि गरे ।

एनवाईईएफका संस्थापक अध्यक्ष अरविन्द अमात्यले अर्थतन्त्रका बारेमा समुदायमा वृहत जानकारी प्रवाहको आवश्यकता औंल्याए । वीरगञ्जमा एक दशकको अन्तरालपछि एनवाईईएफको पुनर्जागरण भएकोमा अमात्यले खुशीसमेत व्यक्त गरे ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज पब्लिक कलेज, वीरगञ्ज कलेज, नेशनल एकेडेमी कलेज, नेशनल इन्फोटेक, हरिखेतान बहुमुखी क्याम्पसलगायतको साझेदारी थियो ।

कार्यक्रममा एनवाईईएफका द्वितीय उपाध्यक्ष सन्दिप अग्रवाल, सदस्यहरू विकास ठाकुर, विश्वासप्रताप शाह, आशीष लाठ, मनिषा सुनुवार श्रेष्ठ, काजल सिंह, पंकज अग्रवाल, संकल्प शाक्य, नमिता शाक्य लगायतको  सहभागिता रहेकाे थियो ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...