Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

सरस्वती पूजाको अवसरमा विज्ञान तथा कला प्रदर्शनी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न. १५ भिस्वास्थित नवदिप एकेडेमीमा शनिबार सरस्वती पूजाको अवसरमा विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई बाेल्ने बक्ताहरुले सानै उमेरमा विद्यार्थीहरुले आविष्कार गरेका प्रोजेक्टहरुले भविष्यमा विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेख्य रुपमा विकास गर्ने धारणा राखे । हुने विरुवाको चिल्लो पात भनेजस्तै उनिहरुको क्षमता र सिपले उनिहरुलाई सफल बन्नबाट कसैले रोक्न नसक्ने बक्ताहरुको भनाई थियो ।

स्कुलकी संस्थापक प्रधानाध्यापिका सुशिला साहको अध्यक्षतामा भएको कार्यक्रममा ठाकुराम बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा सह प्राध्यापक प्रमोद कुश्वाहा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक मनोजित कुवँर, ठाकुराम क्याम्पसका सह प्राध्यापकद्वय रोशन लामिछाने, दिपेन्द्र यादब, नेपाली कांग्रेसकी नेतृ किरण सरकार, युवा नेता ओमप्रकाश सर्राफ, वडा सदस्य मनोजा चौधरी, गैर सरकारी शाखा समन्वय समितिका प्रमुख मुकेश गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रदर्शनीमा नर्सरीदेखी कक्षा ८ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रदर्शनीमा वायुप्रदुषण सम्बन्धी प्रोजेक्ट बनाएका कक्षाका १ का विद्यार्थीहरुको समुह प्रथम, श्वासप्रश्वास प्रणाली र वनस्पती कोष र जनावर कोषसम्बन्धी प्रोजेक्ट बनाएका कक्षा ६ का विद्यार्थीहरुको समुह द्वितिय र टेबल मेशिन सम्बन्धी पोजेक्ट बनाएका कक्षा ३ का विद्यार्थीहरुको समुह तृति भएका थिए ।

प्रदर्शनीमा नेशनल इन्फोटेक कलेजकी निर्देशक काजल सिँह र गौतम माविका व्यवस्थापक प्रमुख ललित कर्णले निर्णायकको भुमिका निर्वाह गरेका थिए । विद्यालयका सह प्रधानाध्यापक विशाल साहले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण जया साह र जोन नेपालीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...