Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढी नगरपालिकाकाे प्रशासनिक भवनकाे शिलान्यास

spot_img
spot_img
वीरगंज । पर्साकाे पर्सागढि नगरपालिकाको प्रशासनिक भवनकाे आज एक कार्यक्रमकाे बिच शिलान्यास गरिएकाे छ ।
 
नगरपालिकाकाे वडा नं. ८ हरपुरस्थित सार्वजनिक जग्गामा निर्माण हुने भवनकाे नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसिया, प्रदेश सभा सदस्य राजेशवर साह, नगर प्रमुख लोकनारायण यादव र नगर उप प्रमुख अर्चना चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
 
कार्यक्रम प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चाैरसियाले समाजिक र भाैतिक बिकासकाे क्षेत्रमा पर्सागढी एक छुट्टै पहिचान कायम गर्न सफल नगरपालिका भएकाे वताए । उनले निश्चय पनि नगरपालिकाकाे समग्र विकासमा उल्लेखनिय भुमिका खेल्ने विश्वास समेत व्यक्त गरे । 
 
कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सभा सदस्य राजेश्वर साहले नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्न लागेकाेमा प्रशंसा व्यक्त गर्दै समय मै काम सम्पन्न हुने विश्वास समेत व्यक्त गरे ।
 
नगर प्रमुख लाेकनारायण यादवले नगरको गौरवको योजनाको रुपमा प्रशासनिक भवनकाे शिलान्यास गरिएकाे वताए । उनले नगरकाे शिक्षा, समाजिक, स्वास्थ्य, कृषि लगायतकाे समग्र बिकास निर्माणको हाम्रो अभियान निरन्तर जारी रहने वताए ।
 
नगरपालिकाकाे प्रशासनिक भवन निर्माणले कार्यालय व्यवस्थापन र संचालनमा सहज हुने वताए ।
 
पर्सागढी नगरपालिकाकाे कार्यालय संचालनकाे लागि नगरपालिका कै बजेट अन्तर्गत रु ३ कराेड ६६ लाख १२ हजार २ सय ८१ काे लागतमा प्रशानिक भवन निर्माण हुने नगरपालिकाका नगर प्रमुखका सचिवालय प्रमुख गिरि राज कडेलले वताए ।
 
भवन निर्माण गर्ने कार्यको ठेक्का श्री स्वच्छन्द निर्माण सेवा प्रा.लि. नगार्जुन नगरपालिका वडा नं ९ स्वाचुटार काठमाडौंले लिएको छ । २०७७ पुस २६ गते भएकाे भवन निर्माण कार्य त्यसपछिकाे १८ महीना भित्र सम्पन्न गर्नुपर्ने छ ।
 
नगर अध्यक्ष लाेकनारायण यादवकाे अध्यक्षतामा भएकाे शिलन्यास कार्यक्रममा वडाध्यक्ष किशोरी राउत अहीर, किसुन देव प्रसाद यादब, बेदमन दास थारु, समसुदिन साह देवान, नेपाली कांग्रेसका बुथ सभापति जंग बहादुर दास थारु, बुथ सभापति सरजु महतो, माहाधिबेशन प्रतिनिधि अशोक गुप्ता,  हरिन्द्र सिंह, नेपाली कांग्रेसका जिल्ला सदस्य सुकमान तामाङ्ग, नगरपालिकाको इन्जिनियर जग बिजय साह, प्रदिप चाैरसिया लगायतको कर्मचारीहरुकाे उपस्थिति रहेको थियो ।
prasanik bhawan
पर्सागढी नगरपालिकाकाे प्रस्तावित नगर प्रशासनिक भवनकाे तस्बिर
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...