Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

अवैध बालुवा उत्खनन राेकन खाेज्दा भारतियसंग झडप, दुई सशस्त्र प्रहरी घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. १ पिपडाँडीस्थित रहेकाे ओरिया खाेलाबाट अवैध रुपले बालुवा भारततर्फ लैजाने टयाक्टरलाई नियन्त्रणमा लिँदा शुक्रबार दुई सशस्त्र प्रहरी घाइते भएका छन् ।  

नेपाली भुमिमा पर्ने खोलाबाट अवैध तरिकाले बालुवा उत्खनन गरी लगिरहेकाे टयाक्टर सशस्त्र प्रहरिले नियन्त्रणमा लिँदा भारतियहरुकाे आक्रमणले सशस्त्र प्रहरी जवानद्वय आयुष राय यादव र महेश प्रसाद यादव घाइते भएका हुन् । घाइते मध्येकाे आयुषकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे छ । अर्का घाइते प्रहरी जवान महेशलाई नारायणी अस्पतालमा मै उपचार गरिएपछि शुक्रबार सांझ घर फर्केका थिए ।   

प्रहरी जवान आयुसको कानमा बेल्चाको प्रहारबाट गम्भीर रुपले चोट लागेको छ । उनको कानमा १८ वटा टाँका लगाइएको उपचारमा सलंगन नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् ।

अर्का घाइते प्रहरी जवान महेशकाे खुट्टा र हातमा चोट लागेको छ । उनको देब्रे हात भाँचिएको छ । 

बोर्डर आउट पोष्ट पिडारी गुठीका सशस्त्र प्रहरी निरिक्षक बसन्त जिसी र बोर्डर आउट पोष्ट जिराभवानीका शसस्त्र प्रहरी निरिक्षक केदार राइको टोलीले अवैध रुपमा बालुवा उत्खनन गर्ने टयाक्टरलाई नियन्त्रणमा लिन ओरिया खाेला पुगेकाे थियाे । स्थानियका अनुसार सशस्त्र प्रहरीले ३ वटा बालुवा लाेड गरेकाे भारतिय टयाक्टर नियन्त्रणमा समेत लिएकाे थियाे ।

तर नियन्त्रणमा लिइएका ट्याक्टर लिएर आउने क्रममा खोलामै ट्याक्टर भाँसिएपछि सशस्त्र प्रहरीले निकाल्ने प्रयास गरिरहेको थियो । त्यही बेला (बिहान ५ बजे )खोला छेउका भारतको भंगाहा, इनर्वा र बिसनपूर्वा गाउँबाट बेल्चा, लठठी र भाला बोकेर आएका भारतीय तस्कर र गाउँलेको हुलले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको थियाे । 

आक्रमणमा परि हात भाँच्चिएर घाइते भएका सशस्त्र प्रहरी जवान महेशले भने,’ बेल्चा र लठ्ठी बोकेर आएको ५०/६० जनाको हुलले अन्धाधुन्द हाम्रो टोलीमाथि आक्रमण गर्न थालि हाल्यो, जसोतसो गरेर भागेर ज्यान जोगायौं ।

स्थानीयका अनुसार बिहार पश्चिमी चम्पारण गदियानी भंगाहाका कारोबारीले बिहानदेखि साँझसम्म दैनिक एक सयदेखि एक सय ५० ट्याक्टर बालुवा उत्खनन् गरी लाने गरेका छन् । दुई देशको सीमा छुट्याउने पिलर नम्बर ४२४/१९ बाट झन्डै ७ सय मिटरभित्र नेपाली भूमिमा प्रवेश गरी निर्वाध रुपले बालुवा ढुवानी गर्दै आएका छन् । भारतीयले गरेको आक्रमणको विषयमा समकक्षीसँग समन्वय गरिरहेको सशस्त्रका एसपी राजेन्द्र खड्काले बताए ।

साेही टयाक्टरलाई लिएर आउने क्रममा सशस्त्र प्रहरी र भारतियहरु बिच झडप हुदा दुई सशस्त्र प्रहरी जवान घाइते भएका हुन् । खाेला नजिकै रहेकाे भारतिय गाउँ इनर्वा र भंगाहाबाट आएकाे ४०/५० जनाकाे समुहले आक्रमण गर्दा सशस्त्र प्रहरी घाइत । साेही झडपमा परेर सशस्त्र प्रहरी जवान २ जना घाइते भएकाे पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले वताए ।  ‘

खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरुको गुनासाे छ । विगत २० वर्षदेखि उक्त खोलाको स्वामित्वका बारेमा दुई देशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्नेक्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको तनावबीच पर्सामा सर्वदलीय बैठक बस्दै, ३ सांसद सहित विभिन्न दलका प्रतिनिधि सहभागि

वीरगंज । सुनसरीको कप्तानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा...

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...