Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्साकाे क्षेत्र नं. ४ मा नेपाली का‌ंग्रेसकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. ४ मा शुक्रबार नेपाली कांग्रेसकाे प्रशिक्षण कार्यक्रम सम्नन्न भएकाे छ । क्षेत्र अन्तर्गतका वडाका सभापति, सचिव र काेषाध्यक्षहरुकाे लागि कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मुडलीमा आयाेजित प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले संगठन मजबुत भए पार्टी मजबुत हुने भएकाेले संगठनलाई बलियाे बनाउनु पर्नेमा जाेड दिए  । उनले बैशाख मै निर्वाचन हुन सक्ने पनि सम्भावना रहेकाेले संगठन निर्माणमा जुटन र निर्वाचनकाे लागि तयारी अवस्थामा रहन समेत कार्यकर्ताहरुलाई निर्दैशन दिए ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. ४ काे आयाेजनामा भएकाे कार्यक्रममा फागुन ७ गतेदेखी क्षेत्र अन्तर्गतकाे ३२ वटै वडामा संचालनमा आउने पार्टीकाे वडा कार्यालयकाे लागि बाेर्ड र बैग समेत वितरण गरिएकाे क्षेत्रिय सचिव बलिष्टर अहमदले बताए ।

क्षेत्रिय सभापति रमेश पाण्डेकाे सभापतित्वमा भएकाे कार्यक्रममा महाधिबेशन प्रतिनिधि बशिष्ठनारायण कुर्मी, बृहस्पति श्रेष्ठ, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव लगायतकाले प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...